ओली पोपको बाटो रोकेको भन्दै बुमराहलाई सजाय
नयाँ दिल्ली। हैदराबादमा भएको टेष्ट म्याचमा भारतले पराजय मात्र बेहोरेको थिएन, आफ्ना स्टार बलरलाई आईसीसीले कारबाही गरेको छ । आईसीसीले पहिलो टेस्ट म्याचमा इंग्ल्याण्डका ब्याट्सम्यान ओली पोपको बाटो अवरुद्ध गरेकोमा भारतीय बलरलाई दोषी ठहर गरेको हो।
ओली पोपको बाटो रोक्ने प्रयास गर्दा उनी १५६ रन बनाएर खेलिरहेका थिए । जसप्रित बुमराहलाई आईसीसीले यसका लागि दोषी मानेको छ । आईसीसीले बुमराहलाई खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै कडा आलोचना गरेको छ ।
ओली पोपले १९६ रनको अतुलनीय इनिङ खेल्दै इंग्ल्याण्डलाई शानदार जित दिलाए। इंग्ल्याण्डले भारतलाई २८ रनले पराजित गरेको थियो ।
इंग्ल्याण्डको दोस्रो इनिङ्समा ८१ औँ ओभरमा जसप्रित बुमराहको बलमा ओली पोपले चौका प्रहार गरेका थिए । बुमराहले अर्को बलमा ओली पोपलाई निशाना बनाए। बल उनको तिघ्राको प्याडमा लागेको थियो, जसमा इंग्लिस ब्याट्सम्यानले लेग बाईको रूपमा एक रन बनाए।
आरोपका अनुसार ओली पोपले यो रन चलाउँदा बुमराह जानाजानी उनको अगाडि आएका थिए । जसका कारण दुवैको टक्कर भएको हो ।
बुमराहले हात उठाएर ओली पोपसँग माफी मागेका थिए। तर इंग्ल्याण्डका ब्याट्सम्यान यसबाट सन्तुष्ट भएनन् । उनले यसबारे अम्पायरसमक्ष गुनासो गरे । त्यसपछि यो मुद्दा म्याच रेफ्रीसम्म पुग्यो ।
म्याच रेफ्री रिची रिचर्डसनका अनुसार जसप्रित बुमराह विरुद्ध २४ महिनामा यो पहिलो केस हो । त्यसैले सुनुवाइको आवश्यकता थिएन । म्याच रेफ्रीले जसप्रित बुमराहलाई आईसीसीको आचार संहिताको दोषी ठहर गरेको छ । यस घटनाका लागि बुमराहलाई एक डिमेरिट पोइन्ट दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति