वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य छैन : शंकर पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नरहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।
महासचिव पोखरेलले वर्तमान सरकारले लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको बताए । उनले ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमी हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको बताए ।
‘अहिले राष्ट्रिय हितलाई नेतृत्व गर्नसक्ने सामर्थ्यको सरकार नै छैन । ओलीले त्यतिबारे महाकाली सन्धिबारे जे कुरा राख्नुभयो । महाकाली सन्धिको सन्दर्भमा यसको सीमाना लिपुलेख र कालापानी हो भनेर त्यतिबेला संसदमा विषय प्रवेश गराउने उहाँ हुनुहुन्थ्यो’ उनले भने, ‘अन्तिममा उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्शा प्रकाशित गरिकन आफ्नो अडानमा दृढ रहेको पुष्टि गर्ने काम गर्नुभएको छ । अर्थात उहाँले बोल्नुमात्रै भएको छैन । बोलेका कुराहरुलाई आफू जिम्मेवारीमा रहँदा त्यसलाई पुष्टि गर्ने काम गर्नुभएको छ ।’
महासचिव पोखरेलले ओलीले भारतसँग महाकाली सन्धिबारे पुरावलोकन गर्ने विषयलाई २०४९ सालमा संसदमा उठाएको उल्लेख गर्दै त्यसलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा भारतसँग सो विषयमा औपचारिक प्रस्ताव राखेको तथ्य पनि स्मरण गराए ।
पोखरेलले भने, ‘राष्ट्रिय हित र सरोकारको प्रश्नमा परराष्ट्र नीतिलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्छ भन्ने कोणबाट उहाँले संसदमा बोलेका कुराहरु चाहे त्यो असमान सन्धि, सम्झौता पुनरावलोकन कुरा, २०४९ सालमै उहाँले संसद भित्र असमान सन्धि, सम्झौताको पुरानवलोकनको विषय संसदमा प्रवेश गराउनुभएको रहेछ । नेपालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि त्यो विषय प्रधानमन्त्रीको तर्फबाट भारतमा प्रस्तुत गरियो ।’
महासचिव पोखरेलले ओलीले बोलेका कुरालाई काम उतार्ने नेताको रुपमा आफूलाई बलियोसँग उभ्याएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार