बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

कविता : सहिद तिम्रो सम्झना

मङ्गलबार, १६ माघ २०८०, १७ : ३०
मङ्गलबार, १६ माघ २०८०

सहिद तिम्रो सपना मातृभूमि सजाउने
विश्व मानचित्रमा नेपाल आमाको
बगैँचा फुलाउने
तिम्रो रक्त कोशिकामा बगेको थियो
नेपाल आमाको निमित्त जलाधार
सुन्न नपरोस् तिमीले कहिले  मातृको चित्कार ।

सुनौलो सपना देखाउने तिमी गयौ कहाँ,
दुष्टताले मेटाइदियो तिम्रो पार्थिव अस्तित्व यहाँ
आज पनि छौ विराजमान तिमी 
प्रत्येक नेपालीको हृदयमा
शून्यतामा पनि जीवित छौ नेपाली कणकणमा ।

इतिहास साक्षी छन्
तिम्रा साहस गाथा लेख्न
अझै पनि मान्दैन मन 
तिमी हरायौ भनी स्विकार्न
त्यसैले त नेपाली माटो बोलिरहन्छ
तिम्रो अस्तित्व जीवित रहन्छ ।

निरंकुशताको पराकाष्ठाले
छिने पनि तिम्रो सास
बनिरहनु सधैँ  तिमी
सन्ततिको अदम्य साहस
तिमीले छाडेर गएको दिन
शून्यताले भरिएको थियो जगत्
तिम्रो सपनालाई हुन दिनेछैन नेपाली माटोले फगत ।

माला अनि अबिरले रंगिएछन् तिम्रा सालिक
नेपालीको नेपाली नै हुनु नपरोस्  मालिक
मातृको सपुत अनि नेपाल देशको शान
रहनेछौ सधैँ तिमी सच्चा देश्भक्त बनेर स्मृतिमा
विराजमान ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशीला शर्मा
सुशीला शर्मा
लेखकबाट थप