प्रधानमन्त्री कप क्रिकेट : कोशी र एपीएफ विजयी
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलवारको खेलमा कोशी र एपीएफ क्लव विजयी भएको छ ।
कोशीले लुम्बिनी प्रदेशमाथि १६ रनको जित निकाल्यो भने एपीएफले सुदूरपश्चिममाथि ३ विकेटको जित निकाल्यो । कोशीले दिएको १७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा १५६ रन बनाउँदै अल आउट भयो ।
लुम्बिनीका लागि दिलसाद अलीले ३२, विराट भण्डारीले २८, सम्राट भुषालले २६, कृष्ण कार्कीले २२, सुशान्त थापा र निर्मल गुरुङले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो स्कोरको रन छुन सकेनन् । बलिङमा कोशीका सुजन घिमिरेले ३, अभ्यास तिम्सिना, समिर कार्की र कमल खत्रीले समान २÷२ विकेट लिए । त्यस्तै कोशीका लागि अंकित सुवेदीले ४९, सुजन घिमिरेले ४३,मिनास थापाले २५, सोनु अन्सारीले १७ र आशिष भट्टराईले १० रन बनाए ।
अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । यता लुम्बिनीले बलिङमा नर सार्कीले ४ विकेट लिएभने वीर मगरले ३, अभिषेक गौतमले २ र कृष्ण कार्कीले १ विकेट हात पारे । यता एपीएफ र सुदूरपश्चिमको खेलमा ८८ रनको लक्ष्य पछ्याएको एपीएफले ३ विकेटको झिनो जित निकाल्यो ।
एपीएफले ८९ रन बनाउन ७ विकेट गुमायो । एपीएफका लागि सन्दीप जोराले नट आउट १८, आसिफ शेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ रन बनाए पनि अन्यले राम्रो खेलन सकेनन् । सुदूरपश्चिमका लागि दीपक चन्दले ४ र नरेन साउदले ३ विकेट हात पारे । यता सुदूरपश्चिमका लागि नारायण जोशीले नट आउट ३१ रन बनाउ भने खडक बोहराले २४ रन बनाए ।
अन्यले दोहोरो रन स्कोर बनाउन सकेनन् । एपीएफका लागि चन्दन रामले ५ विकेट लिए भने भुवन कार्कीले ३, रोहति पौडेलले २ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा