माल्दिभ्समा संसद्ले बर्खास्त गरेका ३ मन्त्री राष्ट्रपतिद्वारा पुनःबहाल

माले । माल्दिभ्सको राजनीतिक उथलपुथल रोकिने कुनै सङ्केत देखिएको छैन । आइतबार माल्दिभ्सको संसद्ले दुई जना मन्त्री र महान्यायाधिवक्ताकाे नियुक्तिलाई रद्द गरेको थियो । तर राष्ट्रपति मइज्जुले उनीहरूलाई पुनः बहाल गरेका छन् ।
यसअघि मन्त्रिपरिषद्लाई अनुमोदन गर्न बोलाइएको विशेष बैठकमा विपक्षी दलका चारजना सांसदलाई सामेल गरेको भन्दै विरोध भएको थियो । विरोध बढ्दै जाँदा संसदभित्र मारपिटकै स्थिति उत्पन्न भयो ।
माल्दिभ्सको न्युज वेबसाइटका अनुसार राष्ट्रपति मोहम्मद मइज्जुले आफ्नो मन्त्रिपरिषद्का ती सदस्यलाई पुनः बहाल गरेका छन्, जसलाई सदनले समर्थन नगरी नियुक्ति खारेज गरेको थियो ।
आइतबार संसद्ले मइज्जुले नियुक्त गरेका मन्त्रिपरिषद्का २२ जना सदस्यमध्ये १९ जनालाई समर्थन गर्दै मतदान गरेको थियो । विपक्षी दलका ४ जना सांसदको नियुक्तिलाई संसद्ले खारेज गरिदिएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुवै मन्त्री र महान्यायाधिवक्ताले शपथ ग्रहण गरेका छन् ।
संसद्ले अस्वीकार गरेका मन्त्रीलाई राष्ट्रपतिसँग बहाल गर्ने विशेषाधिकार भएको राष्ट्रपतिका प्रमुख सल्लाहकार अब्दुल रहिम अब्दुल्लाले भनेका छन् । विपक्षी दल माल्दिभ्स डेमोक्रेटिक पार्टी (एमडीपी) ले मइज्जु सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पूरा तयारी गरिसकेको छ ।
मइज्जु सरकारविरुद्ध महाभियोगको कारबाही अगाडि बढाउन अविश्वासको प्रस्ताव ल्याउन एमडीपीले सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशले पाँच महिना नेपालबाट ४० मेगावाट बिजुली पाउने
-
तरुण दलको पूर्णकालीन सदस्यता वितरणको तालिका प्रभावित हुने सम्भावना
-
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको पत्रविरुद्ध कानुनी उपचार खोज्छौँ: एनआरएनए
-
‘पाटन फेस्ट २०२५’ मा ४ चर्चित ब्यान्डले प्रस्तुति दिने
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने