भाजपा नेताको हत्याको मुद्दामा १५ जनालाई मृत्युदण्डको सजाय

काठमाडौँ । केरलाको एक अदालतले प्रतिबन्धित संगठन पपुलर फ्रन्ट अफ इण्डिया (पीएफआई) का १५ जना सदस्यलाई भाजपा नेताको हत्याको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ। उनीहरुमाथि राज्यको अलेप्पी जिल्लामा भाजपाको ओबीसी मोर्चाका सचिव रञ्जित श्रीनिवासनको हत्या गरेको आरोप लगाइएको थियो।
यो घटना डिसेम्बर २०२१ को हो। रञ्जितको हत्यालाई २०२१ मा एसडीपीआई सचिव केएस शानको हत्याको बदलाको रूपमा लिइएको थियो।
अभियोजन पक्षका वकिल प्रताप जी पडिक्कलले भने, ‘केरलामा हत्याका सबै आरोपीहरूलाई मृत्युदण्ड दिइनु कुनै नौलो कुरा होइन। हामीले यो 'रेरेस्ट अफ रेयर' केस भएको तर्क गरेका थियौं।’ सन् २०२२ मा केन्द्र सरकारले पपुलर फ्रन्ट अफ इन्डियामाथि पाँच वर्षको प्रतिबन्ध लगाएको थियो । केन्द्र सरकारले पीएफआईको आतंकवादी संगठन जमात-उल-मुजाहिदीन बंगलादेश र प्रतिबन्धित संगठन सिमीसँग सम्बन्ध रहेको दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन विपरीत गर्भपतन गर्दै हुनुहुन्छ की ? कारबाहीमा पर्नुहोला ।
-
वैदेशिक रोजगार ऐन र श्रम ऐन संशोधन गर्ने तयारीमा छौँ: श्रममन्त्री भण्डारी
-
वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
-
सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
-
वरिष्ठ गीतकार थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान
-
दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो