स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौला बर्खास्त
मङ्गलबार, १६ माघ २०८०, १६ : १३

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । गत माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।
बसौलालाई हटाउने निर्णय पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
‘बीमाको कार्यक्रम जुन गतिमा लैजानु पर्ने हो, सो गतिमा लैजान नसकेको र बीमाका विभिन्न प्रदायकको गुनासो सम्बोधन गर्न नसेकाले उहाँलाई बर्खास्त गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ,’ उनले भने ।
तीन वर्षअघि बसौलालाई बोर्डमा कार्यकारी निर्देशकका रुपमा नियुक्ति गरिएको थियो । तर बसौलाले आफूलाई बर्खास्त गर्ने निर्णयबारे जानकारी नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म