अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ७ जना पक्राउ
मङ्गलबार, १६ माघ २०८०, १६ : ०४
![अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ७ जना पक्राउ](https://npcdn.ratopati.com/media/news/online_VyRphA4CiO.jpg)
काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौँको कोटेश्वरबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय मिथलेशकुमार मण्डल, २४ वर्षीय मुरारी शाह, २४ वर्षका आरएन शाह, २४ वर्षका अनीशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी जयसवाल, २३ वर्षका शिवमकुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी छन् ।
आरोपीहरूले ‘क्यास एप’ मार्फत जुवा खेलाउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । आरोपीहरू सिराहाका स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने