राजश्व अनुसन्धान विभागले ६ महिनामा धरौटीबापत उठायो १३ करोड

काठमाडौँ । राजश्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको ६ महिनामा धरौटी र लिलामीबापत १३ करोड ४५ लाख रुपैयाँ सङ्कलन गरेको छ । राजश्व छलीसम्बन्धी मुद्दामा अनुसन्धान गर्ने विभागले माघ १२ गतेसम्मको अवधिमा उक्त रकम सङ्कलन गरेको हो ।
विभागले गत आर्थिक वर्ष २०७९/८० भरमा १३ करोड रुपैयाँ रकम धरौटी र लिलामीमार्फत सङ्कलन गरेको थियो । ६ महिनाको अवधिमा राजश्व चुहावटतर्फ १ अर्ब ६२ करोड बिगो तथा सजाय माग दाबी गर्दै २५ वटा मुद्दा दायर समेत गरेको छ । यस्तै, ४५ जनालाई प्रतिवादी बनाइएको छ ।
गत आर्थिक वर्षमा यो शीर्षकमा ३४ वटा मुद्दा दायर गर्दै विभागले १ अर्ब ४५ करोड रुपैयाँ बिगो दाबी गरेको थियो । यसका लागि ५९ जनालाई प्रतिवादी बनाइएको थियो । यस्तै, विदेशी विनिमय अपचलनतर्फ चालू वर्षको ६ महिनामा ४० वटा मुद्दा दायर गर्दै १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ बिगो तथा सजाय माग दाबी गरेको छ ।
गत आर्थिक वर्षभरिमा विभागले यो शीर्षकमा ४३ वटा मुद्दा दायर गर्दै २४ करोड ४ लाख रुपैयाँ बिगो दाबी गरेको थियो । यसबाहेक, भीसीटीएसतर्फ चालू वर्षको ६ महिनामा ६९३ सवारी साधनविरुद्ध मुद्दा दायर भएको छ । यी सवारी साधनलाई २ करोड ७६ लाख ६० हजार रुपैयाँ जरिवाना रकम कायम गरिएको छ ।
गत वर्षभरिमा विभागले ४२७ वटा सवारीलाई कारबाही गर्दै २ करोड ५४ लाख रुपैयाँ जरिवाना कायम गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का