हृदयघातबाट न्यायाधीश मरासेनीकाे मृत्यु

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ । हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको अस्पतालमै मृत्यु भएको हो ।
उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बिहान कुरा हुँदा अदालत आउने बताएपनि त्यसपछि उनलाई हृदयघात भएको हो ।
प्रवक्ता भट्टराईले रातोपाटीसँग भने, ‘बिहान कुरा हुँदा अदालत आउने कुरा थियो । तर पछि एक्कासी हृदयघात भएको रहेछ । हृदयघात भएपछि उनलाई कलंकीको नेशनल अस्पतालमा लगिएको भएपनि त्यहीँ उहाँको मृत्यु भएको परिवारका सदस्यले बताउनुभएको छ ।’
बिहान कुरा हुँदा अदालत आउने भनेको कारण न्यायाधीश मरासेनी समयमै नआइपुगेपछि मरासिनीकै इजलास अधिकृतले मरासेनीको गोला तानिदिएका थिए । गोला तानिएपछि मंगलबार मरासेनीको इजलाससमेत तोकिएको थियो । मंगलबार मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सवारीलाई जीपीएस प्रणालीमार्फत ट्र्याकिङ गर्दै सरकार
-
बिम्स्टेक शिखर सम्मेलन : प्रधानमन्त्री सहित परराष्ट्रमन्त्रीसंग रेड बुल प्रतिनिधिको भेटवार्ता
-
ट्रेड टावर कम्पनीले पायो आईपीओ निष्कासन अनुमति
-
धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
-
१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप