मनाङलाई हराएर जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा
पोखरा । मनाङ मस्र्याङ्दी क्लबलाई घरेलु मैदानमा हराएर जावलाखेल यूथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको स्पर्धामा सडन डेथमा जावलाखेलले मनाङलाई ७–६ गोल अन्तरले हराएको हो ।
सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहार जावलाखेलका गोल रक्षक युनेष चौधरीले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए । पहिलो ५ पेनाल्टीमा दुवै पक्षबाट ४–४ गोलको बराबरी भयो । ७–७ पेनाल्टीमा समान ६ गोल भयो । जावलाखेलका शिशिर लेखीले ६–५ को स्थितिमा ल्याए ।
लगत्तै मनाङका रक्षक जियारथ शेखले प्रहार गरेर ६–६ को स्थितिमा पुर्याए । अनि आए, जावलाखेलका प्रदीप बुढाथोकी । उनको प्रहार ७–६ को स्थितिमा आउँदा मनाङका रणदीपको नवौं पेनाल्टी प्रहार गोल रक्षक युनेषले रोकिदिए ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटमा दुवै टिमबाट गोल नभएपछि टाई ब्रेकरमा पुग्यो ।
९० मिनेटको खेलमा जावलाखेलले ५५ औँ मिनेटमा सुदीप श्रेष्ठको गोल मार्फत अग्रता लियो । मनाङका राजेश परियारले ८९ औँ मिनेट गोल फर्काएर बराबरीमा पुर्याए ।
निकै प्रतिस्पर्धात्मक खेलमा मनाङ मस्र्याङ्दीलाई सडन डेथको सिकार बनाउँदै जावलाखेलले थ्रिस्टारसँग भेट सुनिश्चित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते