झलनाथ खनाल भन्छन्– जबजको कुरा हाम्रोभन्दा केपी ओलीको बढी सुन्छन्

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताएका छन् ।
सोमबार पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै सम्मानित नेता खनालले पार्टीको कार्यदिशा र कार्यनीति स्पष्ट हुनुपर्ने बताएका हुन् । उनले पार्टीले जनताको बहुदलीय जनवाद र समाजवाद दुवै कुरा भनिरहेको भन्दै जबजमा जाने कि समाजवादमा जाने स्पष्ट हुनुपर्ने बताए ।
सम्मानित नेता खनालले पार्टीले जबज भनेमा मानिसहरु एमालेतिर जाने बताए । उनले एमाले ठूलो जबजवाला भएको भन्दै मानिसहरुले जबजको कुरा आफूहरुको भन्दा केपी ओलीको बढी सुन्ने बताए । उनले पार्टीले जबज मान्ने कुरा खतरा हुने बताए । उनले यस विषयमा आवश्यक छलफल र बहश गरी स्पष्ट हुनुपर्नेमा जोड दिए ।
सम्मानित नेता खनालले रुसमा पनि बहुदलीय जनवाद भएको उल्लेख गर्दै लेनिनले जबज किन मान्नुभएन भनी प्रश्न समेत गरे । उनले पार्टीको आगामी महाधिवेशनबाट यी सबै कुरामा प्रष्टता आउनुपर्ने बताए ।
उनले भने,‘कहिले हामी जबज पनि भन्छौँ कहिले समाजवाद पनि भन्छौँ । कता जाने त ? जबज तपाई भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि त मान्छेले ? ठूलो जबजवाला त एमाले छ । हामीले जबज भन्यो भने त हामीले भनेको सुन्ने भन्दा केपीले भनेको चाहिँ बढ्ता सुन्छ हेर्नुस् । त्यो खतरा हुन्छ । हामी क्लियर हुनुपर्छ ।’
सम्मानित नेता खनालले अमेरिका र भारतले देशलाई नियन्त्रणमा लिई कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउन लागेको बताए । उनले यी दुई देशले नेपाललाई चीन विरोधी अखडाको रुपमा रूपान्तरित गर्न लागेको पनि बताए । उनले तत्कालीन नेकपाको विभाजनमा आन्तरिक कारण मात्रै थियो कि बाह्य कारण पनि थियो भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुलमै रहलान् कि रियल म्याड्रिड बसाइँ सर्लान् ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड ?
-
काठमाडौँ उपत्यकामा कहाँबाट कति हुन्छ तरकारी आपूर्ति ?
-
‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’
-
अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने