एनसेल छानबिन समितिले प्रधानमन्त्री ‘प्रचण्ड’लाई बुझायो प्रतिवेदन

काठमाडौँ । एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।
समिति संयोजक टङ्कमणि शर्माले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सरकारलाई जानकारी नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।
सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । यो समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन पर्ने हो ।
तर, संयोजक शर्मा बेलायत पुगेपछि प्रतिवेदन समयमा बुझाउन सकिएको थिएन । तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि सरकारले थप १५ दिन समय थप गरेको थियो । सोहीअनुसार सोमबार समितिले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो ।
समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक पर्व हो : अध्यक्ष दाहाल
-
प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्नुपर्छ : सभापति देउवा
-
पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
-
ओली–प्रचण्ड व्यक्तिगत तहमै ओर्लेर आरोप-प्रत्यारोपमा
-
टालियन सिरी’ए : बोलोग्नासँग हार्यो एसी मिलान
-
नेमकिपाको आठौं महाधिवेशन आजदेखि