ई–चुरोटमाथि प्रतिबन्ध लगाउन कानुन प्रस्तुत गर्ने बेलायती प्रधानमन्त्री सुनककाे घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युवाहरूमा भेपिङको बढ्दो प्रवृत्तिसँग सामना गर्नका लागि बेलायतले डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन कानुन प्रस्तुत गर्ने सोमबार घोषणा गरेका छन् ।
“तपाईँ कुनै पनि आमाबुबा वा शिक्षकसँग कुरा गर्नुहोस् उहाँहरूले बच्चाहरूमा भेपिङको चिन्ताजनक वृद्धिको बारेमा कुरा गर्नुहुनेछ”, उत्तरपूर्वी इङ्गल्यान्डको डार्लिङ्टनमा एक स्कुलको भ्रमणका क्रममा मिडियासँग सुनकले भने, “यो सही हो कि हामी यसमाथि रोक लगाउनका लागि कडा कदम चाल्दै छौँ, पसलहरूमा प्रदर्शित गरिने स्वाद, उपस्थिति, प्याकेजिङ डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउँदै छौँ, बच्चाहरूले भेपिङ गर्नुहुँदैन ।”
‘पफ्स’ पनि भनेर चिनिने पहिला नै भरिएको डिस्पोजेबल ई–चुरोट युवाहरूमा लोकप्रियछ । यसमा निकोटिनको मात्रा धेरै हुनसक्छ, यो विभिन्न स्वादमा आउँछ र सस्तो हुन्छ ।
सरकारले हालैको आँकडा उद्धृत गर्दै पछिल्लो दुई वर्षमा डिस्पोजेबल भेपको प्रयोग गर्ने १८ वर्षभन्दा कम उमेरका भेपरहरूको अनुपात करिब नौ गुणाले बढेको जनाएको छ । सुनकको सरकारले इङ्गल्यान्ड र वेल्समा बच्चाहरूलाई अवैधरूपमा भेप बिक्री गर्ने पसलहरूमाथि जरिवाना लगाउने योजनासमेत बनाइरहेको छ ।
स्वास्थ्य विशेषज्ञहरूले सरकारको प्रस्तावको स्वागत गरेका छन् । मुख्य चिकित्सा अधिकारी क्रिस ह्विट्टीले उक्त कानूनले भविष्यका पुस्ताहरूमा ठूलो जनस्वास्थ्य प्रभाव पार्ने बताए ।
रोयल कलेज अफ पिडियाट्रिक्स एन्ड चाइल्ड हेल्थका माइक म्याककेनले उक्त कदमको प्रशंसा गर्दै ‘साहसिक कदम’ भने । “डिस्पोजेबलमाथि प्रतिबन्ध लगाउनु सही दिशामा एउटा सार्थक कदम हो”, उनले भने ।
प्रधानमन्त्री सुनकले गत वर्ष बेलायतलाई धूम्रपानमुक्त मुलुक बनाउने योजना घोषणा गरेका थिए । उनको प्रस्तावअनुसार प्रभावकारीरूपमा प्रत्येक वर्ष धूम्रपानको उमेरमा एक वर्ष बढाएर सम्पूर्ण जनसङ्ख्यामा लागु नभएसम्म सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कुनै पनि व्यक्तिका लागि सुर्तीजन्य उत्पादन बिक्री गर्नु अपराध ठहर्छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा बीवाईडी हाई–टेक विक सुरु
-
नेपाली कागज बनाउँदै कामदार, तस्बिरहरु
-
कांग्रेस सवा २ करोड नोक्सानमा, घाटाको ब्यालेन्स सिटमा ‘भेट्रान’ व्यवसायीको सिग्नेचर
-
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह
-
राजेन्द्र महतोको प्रश्न: मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?
-
सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड