सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिएको जानकारी प्रदेश सरकारलाई दिइयो
सोमबार, १५ माघ २०८०, १७ : २६
![सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिएको जानकारी प्रदेश सरकारलाई दिइयो](https://npcdn.ratopati.com/media/news/sudurpashchim-province-supa_XZk94GcTsu.jpg)
धनगढी । सुदूरपश्चिममा नेकपा माओवादी संसदीय दलको नेता फेरिएको जानकारीपत्र प्रदेश सरकारलाई दिइएको छ । प्रदेशसभा सचिवालय धनगढीले सोमवार माओवादी संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको हो ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका हुन् ।
उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराएका हुन् । गएको शुक्रवार माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले भट्टलाई हटाएर धामीलाई दलको नेता बनाउने निर्णय गरेका थिए । ११ जना प्रदेशसभा सदस्यमध्ये ६ जनाले सो निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
-
५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम
-
फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान
-
विभिन्न मुद्दामा फरार रहेका ११ प्रतिवादी पक्राउ
-
साइबर अपराध रोक्न विधेयक दर्ता भएको हो, अभिव्यक्ति स्वतन्त्रता रोक्न होइन : महासचिव पोखरेल
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?