प्रधानमन्त्री कप क्रिकेट : आर्मीले ९७ रनले हरायो सुदूरपश्चिम प्रदेशलाई
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गरेको छ ।
जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको आर्मी क्लबको यो छैटौँ जित हो । दुई खेलमा आर्मी क्लब पराजित भएको छ । सात खेलखेलेको सुदूरपश्चिम प्रदेशको भने यो तेस्रो हार हो । चार खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले ४८.३ ओभरमा अलआउट हुनुअघि दुई सय ६२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने ४०.१ ओभरमा अलआउट हुनुअघि एक सय ६५ रनमात्र बनाउन सक्यो ।
सुदूरपश्चिम प्रदेशका माथिल्ला पाँच ब्याट्सम्यानले उल्लेख्य सँख्यामा रन बनाउन सकेनन् । ओपनर खड्क बोहराले खातासम्म खो ल्न सकेनन् । अर्का ओपनर राजु रिजाल ६ रनमै पेभेलियन फर्किए । राजु टोलीका कप्तान पनि हुन् ।
तेस्रो नम्बरका ब्याट्सम्यान नरेनभट्ट पनि १८ रनमै आउट भए । उनले १३ बलमा चार चौका हिर्काएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका प्रकाश पाण्डले पनि ११ रनमात्र बनाउन सके । गजेन्द्र बोहरा पनि १२ रनमै पेभेलियन फर्किएका थिए ।
सुदूरपश्चिम प्रदेशले टोलीको कुल स्कोर केवल ५६ रन रहँदा आफ्ना पाँच ब्याट्सम्यानलाई गुमाएको थियो । छैटौँ नम्बरमा क्रिज समाल्न आएका किरण ठगुन्नाले सुदूरपश्चिम प्रदेशलाई केही राहत दिए । उनले अर्धशतकीय पाली खेले । उनले ६८ रन बनाए । उनले ७४ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे ।
नारायण जोशी १३ रनमै आउट भए । शेर मल्लले टोलीको खातामा २४ रन थपे । उनले ३८ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे । नरेन साउदले तीन रन जोडे । विकास अग्री पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा सात रन पाएको थियो । आर्मी क्लबका बलर जितेन्द्र मुखियाले पाँच विकेट लिए । उनले ६.१ ओभरमा दुई मेडन राख्दै केवल १० रन खर्चिए । सोमपाल कामीले पनि दुई विकेट हात पारे साहब आलम, कुशल मल्ल र बसिर अहमदले पनि एक–एक विकेट लिए ।
त्यसअघि आर्मी क्लबका माथिल्लो क्रमका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । तल्लो क्रमका ब्याट्सम्यान कुशल मल्लले उत्कृष्ट अर्धशतकीय पाली खेल्दै आर्मी क्लबको स्कोरलाई सम्मानजनक स्थितिमा पु¥याएका थिए ।
कुशलले टोलीका लागि ७५ रनको योगदान गरे । आठौँ नम्बरमा क्रिज समाल्न आएका कुशलले केवल ६७ बलमा तीन छक्का र १० चौका पनि प्रहार गरे । आर्मी क्लबले केवल ८८ रनको कुल स्कोरमा छैटौँ विकेट गुमाएको थियो ।
त्यसपछि कुशल र बसिर अहमदले टोलीको स्कोरलाई दुई सय एक रनको सुदृढ अवस्थासम्म डो¥याएका थिए । सातौँ नम्बरमा क्रिज समाल्न आएका बसिरले टोलीका लागि ३६ रनको योगदान गरे । उनले ६३ बलको सामना गरी तीन चौका पनि हिर्काए ।
आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि ३० रन बनाए । उनले २८ बलको सामना गरी पाँच चौका पनि हिर्काए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीप रजालीले पनि टोलीको खातामा ३७ रन थपे । उनले ३१ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।
ओपनर इमरान शेख नौ रन बनाउँदै पेभेलियन फर्किएका थिए । अनुभवी खेलाडी भीम सार्की पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । कप्तान विनोद भण्डारी पनि दुई रनमै आउट भए । बिवेक यादबले चार रन बटुले ।
सोमपाल कामीले ३१ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । साहब आलमले पनि २१ रन जोडे । दशौँ नम्बरमा क्रिज समाल्न आएका उनले २५ बलमा दुई छक्का पनि हिर्काए । जितेन्द्र मुखिया पाँच रनमा अविजित रहे ।
आर्मी क्लबले अतिरिक्त रुपमा १० रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९.३ ओभरमा एक मेडन राख्दै ६३ र न खर्चिए । नरेन साउदले पनि तीन विकेट लिए । उनले नौ ओभरमा ३६ रन खर्चिए । विकास अग्रीले पनि एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा
-
नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो
-
अध्यादेशको सङ्केत, राष्ट्रपतिसँग कानुनमन्त्रीसहित प्रधानमन्त्रीले गरे भेटवार्ता
-
ऊर्जा मार्गचित्रको प्रभावकारी कार्यान्वयनका लागि इप्पानद्वारा १७ बुँदे सुझाव
-
२ लाख ‘एचपीभी’ खोप ल्याइँदै