प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबको लगातार सातौँ जित, गण्डकी ६ विकेटले पराजित
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो विजयी यात्रा जारी राखेको छ । पुलिस क्लबले सोमबार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हरायो ।
जारी प्रतियोगितामा पुलिस क्लबको यो लगातार सातौँ जित हो । जारी प्रतियोगितामा हालसम्म आफूले खेलेका सबै खेल जित्ने पुलिस क्लब एकमात्र टोली हो । आठ खेल खेलेको गण्डकी प्रदेशको भने यो छैटौँ हार हो । दुई खेलमा भने गण्डकी प्रदेश विजयी भएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३८.३ ओभरमा अलआउट हुनुअघि एक सय ७० रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले २४.२ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
खराब मौसमका कारण निर्धारित समयमा सुरु नभएपछि खेल ४५–४५ ओभरमा झारिएको थियो । पुलिस क्लबको सजिलो जितमा दिलीप नाथले अर्धशतकीय पाली खेले । ओपनर ब्याट्सम्यान दिलीपले ५७ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३९ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काए ।
अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा २२ रन थपे । उनले केवल ६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । अर्जुन साउदले अविजित ४४ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुनले ४९ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।
शंकर राणा भने १२ रनमा आउट भएका थिए । प्रेम तामाङले खाता खोल्न सकेनन् । टोलीले विजयलक्ष्य पुरा गर्दा आरिफ शेख २७ रन बनाउँदै क्रिजमा थिए । उनले २२ बलमा पाँच चौका प्रहार गरे । पुलिस क्लबले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो । गण्डकी प्रदेशका बलर सन्दीप पराजुलीले दुई तथा विपिन खत्री र कमल परियारले एक–एक विकेट लिए ।
त्यसअघि गण्डकी प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यानहरु खासै प्रभावकारी देखिएका थिएनन् । तल्लो क्रमका ब्याट्सम्यान अमृत गुरुङले टोलीका लागि अर्धशतकीय पाली खेलेका थिए । नवौँ नम्बरमा क्रिज समाल्न आएका उनले ५० रन बनाए । उनले केवल ३९ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काएका थिए ।
गण्डकी प्रदेशका लागि ओपनर ब्याट्सम्यान समिर कँडेलले २९ रन बनाए । विकेटकिपर ब्याट्सम्यान समिरले ५९ बलमा चार चौका हिर्काए । अर्का ओपनर इश्वर क्षेत्री भने दुई रनमै पेभेलियन फर्किए । मुस्कान थापा पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
चौथो नम्बरमा क्रिज समाल्न आएका करण पंगेनीले टोलीको खातामा ३० रन थपे । उनले ५४ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । कृष ऐयर १० रन बनाउँदै आउट भए । रोशन गौतमले त खातासम्म खोल्न सकेनन् ।
कमल परियारले टोलीको खातामा ३० रन थपे । उनले केवल २६ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । कप्तान विपिन खत्री चार रन बनाउँदै आउट भए । चन्द्र पौडेल पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् ।
सन्दीप पराजुलीले अविजित दुई रन बटुले । गण्डकी प्रदेशले अतिरिक्त रुपमा आठ रन पायो । पुलिस क्लबका बलर रासिद खान एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा २५ रन खर्चिएका थिए । ललित राजवंशीले पनि दुई विकेट हात पारे । करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीले एक विकेट कुम्ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज