होर्डिङ बोर्डको विज्ञापनमा विदेशी कलाकारको प्रयोग रोक्नुपर्छ : भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले होर्डिङ बोर्डमा राखिने विज्ञापनमा विदेशी कलाकारको तस्बिर प्रयोगमा रोक लगाउनुपर्ने बताएका छन् । विदेशी कलाकारले नेपाल भ्रमणका समयमा सहरका होर्डिङ बोर्ड हेरेर नेपाल आफ्नै देशको भू–भाग हो भन्ने अभिव्यक्ति दिने गरेको उनको गुनासो थियो ।
सोमबार नेपाल विज्ञापन बोर्डले आयोजना रहेको ‘विज्ञापनमा कलाकारको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा केसीले कलाकारले समाजमा नकारात्मक सन्देश जाने विज्ञापनमा अभिनय गर्न नहुने बताए ।
‘कलाकारले विज्ञापनमा अभिनय गर्दा कस्तो गर्ने कस्तो नगर्ने भन्ने कुरोमा सजग हुन जरुरी छ’, केसीले थपे, ‘पैसाका लागि जुन पायो त्यो विज्ञापनमा अभिनय गर्नु हुँदैन ।’ गलत सन्देश फैल्याउने विज्ञापनमा पैसा पाएपनि कलाकारले अभिनय गर्न नहुने बताएका केसीले समाजमा सही सन्देश दिने विज्ञापनमा भने निःशुल्क अभिनय गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले नेपालमा प्रयोग हुने विज्ञापनमा विदेशीभन्दा स्वदेशी कलाकारको प्रयोग हुनुपर्नेमा जोड दिए ।
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले नेपालमा निर्माण भएको विज्ञापनका केही खराब पक्षको बारेमा जानकारी दिए । उनले एक किसिमको विज्ञापन निर्माण गर्दा अर्को किसिमको गलत सन्देश जाने गरेको उदाहरण पेश गर्दै त्योबाट जोगिनुपर्ने धारणा राखे ।
फिल्म निर्देशक दीपाश्री निरौला, अभिनेत्री गौरी मल्ल, अभिनेता कृष्ण मल्ल, कलाकार सङ्घका पूर्व अध्यक्ष रवीन्द्र खड्का, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र पत्रकार सङ्घका अध्यक्ष सवीर बलामी, अभिनेता धिरेन शाक्य, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अभिनेत्री खुस्बु खड्का, पवित्रा आचार्य, गोपाल ढकाल, डिबी बम्जन लगायत थुप्रै कलाकर्मीको कार्यक्रममा उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
-
कैलालीबाट एक किशोरीसहित ४ जना पक्राउ, खैरो हेरोइन बरामद
-
ओली कुटनीति : सन्तुलन कि अलमल ?
-
चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज