ईसेवाले प्रयोगकर्ताहरूलाई ऋण दिने

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ‘ईसेवा’ ले छिट्टै ‘ऋण’ सापटी योजना ल्याउने भएको छ । हाल विभिन्न बैंक तथा वित्तीय कम्पनीहरूको साझेदारीमा पेमेन्ट ‘भुक्तानी’ को मात्र सेवा प्रवाह गरिरहेको कम्पनीले अब छिट्टै आफ्ना सेवाग्राही प्रयोगकर्ताहरूलाई ऋण सापटी समेत दिने भएको हो ।
रातोपाटीसँग कुरा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले ‘ईसेवा सापटी योजना’ का लागि कम्पनीले गृहकार्य गरिरहेको बताए ।
‘हामीले कर्जा सापटीको क्षेत्रमा पनि काम गर्न खोजिरहेका छौँ । ईसेवा प्रयोगकर्ताहरूलाई छोटो अवधिका लागि केही निश्चित रकम सापटीको सुविधा दिन सकिन्छ कि भनेर लागिरहेका छौँ’ सीईओ खड्काले भने, ‘यसका लागि बैंकहरुसँग कुरा भइरहेको छ ।’
ईसेवासँग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुले सहजीकरण गरे कम्पनीले छिट्टै सेवाग्राहीहरूलाई भुक्तानीको सुविधाको साथसाथै छोटो अवधिको कर्जा सापटी समेत उपलब्ध गराउने सीईओ खड्काले रातोपाटीसँग भने ।
यस्तै, कम्पनीले आफ्नो सेवा तथा सुविधालाई थप परिष्कृत र परिमार्जन गर्दै अब ईसेवा मोबाइल एपलाई अंग्रेजीको साथसाथै नेपाली भाषामा समेत उपलब्ध गराउने तयारी गरिरहेको बताएको छ । हाल एकमात्र अंग्रेजी भाषा हुँदा ग्रामीण सेवाग्राहीहरूलाई एप प्रयोगमा समस्या भएको महसुस गर्दै कम्पनीले अब विकल्पमा नेपाली भाषा समेत प्रदान गर्न लागेको हो । यो सुविधा थपिएसँगै ईसेवा हरेक नेपालीभाषीले सजिलै चलाउन सक्ने सीईओ खड्काको भनाइ छ ।
हाल ८१ लाख हारहारी युजर (प्रयोगकर्ताहरु) रहेको ईसेवा कम्पनीले कूल डिजिटल पेमेन्ट (भुक्तानी) को ७० प्रतिशत बढी कारोबार एक्लैले गर्द ैआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ४१ क्याम्पसमा स्ववियु निर्वाचन : कतै तालाबन्दी, कतै निर्विरोध
-
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
-
सनातन संस्कृतिमा होली र फागु
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल