प्रहरीद्वारा भन्सार छलेर ल्याइएका लाखौँको सामान बरामद, लागु औषधसहित १ जना पक्राउ

रौतहट। रौतहट प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं रुपैयाँ बराबरको भारतीय सामान बरामद गरेको छ । भारतीय नम्बरका ४ वटा मोटरसाइकलमा ५ लाख ३४ हजार ९५० बराबरको किराना सामान र कपडा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले ती सामान बरामद गरेको हो ।
बरामद सामान जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । त्यस्तै प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।
फतुवा विजयपुर नगरपालिका ८ का २८ वर्षीय सञ्जयकुमार दासलाई प्रहरीले नाईट्रोभेट १० एमजीको २८९ ट्याब्लेट सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मौलापुराका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाको कमान्डमा खटिएको प्रहरी टोलीले मौलापुर ५ मा चेकजाँचको क्रममा ना १३ प ४१९२ नम्बरको मोटरसाइकलसहित दासलाई नियन्त्रणमा लिएको हो ।
दासमाथि लागु औषधसम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल