२० करोडमा बनेको हनुमानको कमाई २५० करोड माथि
नयाँ दिल्ली । दक्षिण भारतमा बेलाबेलामा मिथकमा आधारित फिल्म आइरहेका छन् । यस्ता फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने गरेका छन् । अहिलेको ट्रेन्ड हेर्दा सानो बजेटमा बनेको मिथकमा आधारित फिल्म हनुमान अप्रत्याशित रूपमा हिट साबित भएको छ ।
ऋषभ शेट्टीको परम्परामा आधारित कांतारा र भगवान् कृष्णमाथि बनेको कार्तिकेय २ प्यान इन्डियन फिल्म होइनन् । तर विश्वभर हिन्दी सिनेमाका दर्शकमाझ यी फिल्म निकै चर्चित बनेका थिए ।
हनुमानको बजेट २० करोड भारु मात्रै थियो । तर १५ दिनमा फिल्मले २५० करोड भारुभन्दा धेरै कमाइ गरिसकेको छ । फिल्मको सफलता देखेर मेकरहरुले यसको सिक्वेल जय हनुमान बनाउने घोषणा गरेका छन् ।
फिल्मको सिक्वेलमा १००० करोड भारु खर्च गर्न समेत निर्माताहरू तयार छन् । हनुमान १२ जनवरीमा रिलिज भएको थियो । फिल्मले अहिलेसम्म १५० करोड भारुको व्यापार गरिसकेको छ । १५ दिनमा फिल्मले बक्स अफिसमा ८ करोड ३५ लाख भारु कमाएको थियो ।
हनुमानको अकल्पनीय सफलता देखेर मेकरहरुले फिल्मको सिक्वेलमा काम सुरु गरिसकेका छन् । निर्देशक प्रशान्त बर्माका अनुसार जय हनुमान बनाउन निर्माताहरुले १००० करोड भारु समेत दिन तयार छन् । तर आफूले यस्तो गर्न नचाहेको प्रशान्तको भनाई छ ।
प्रशान्तसँग फिल्मको स्क्रिप्ट तयार छ । तर उनी बिना कारण फिल्ममा पैसाको खोला बगाउन चाहँदैनन् । आवश्यकताअनुसार फिल्मको बजेट हेरेर अगाडि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्न सके बेरोजगारी घटाउन सकिन्छ : ढकाल
-
कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान
-
नर्वेका पूर्वमन्त्री सोल्हाइमले गरे पूर्वाधार विकास समितिमा सम्बोधन
-
टाइगर कप भलिबल : न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइनलमा प्रवेश
-
अध्यक्ष डीसी र अमेरिकी दूतावास नेपाल भिसा प्रमुखबिच भेटवार्ता
-
३० हजार वटा काँटी प्रयोग गरेर कला, तस्बिरहरू