पित पत्रकारिता नगर्न मेयर सिंहको आग्रह
सोमबार, १५ माघ २०८०, १३ : ०२

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकारहरुले पित पत्रकारिता गरेको भन्दै दुःख व्यक्त गरेका छन् । सोमबार प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले सो कुरा बताएका हुन् ।
उनले भने, ‘पत्रकार आफै अदालत, आफै न्यायाधीश, आफै अख्तियार बनेर निर्णय गरेका कारण दुःख लाग्छ ।’ मिडियाले सरकारले गरेको राम्रो काम प्रशंसा गर्नुपर्ने र गलतलाई गलत भन्नसक्नुपर्ने बताए । मेयर सिंहले प्रेस सेन्टर नेपाल स्थापना दिवसको शुभकामना दिँदै पत्रकारको हकहितका लागि काम गर्न आग्रह गरे ।