..जब भेडा पालक कृषकले अज्ञात रोगले भेडाहरू मरिरहेको भन्दै मन्त्रीलाई फोन गरे
सुर्खेत । जुम्लाका भेडा पालक कृषकहरू चरिचरनका लागि विभिन्न ठाउँमा पुग्ने गर्दछन् । सोही अनुसार जुम्लाको तातोपानी, तिला, सिञ्जा र हिमा क्षेत्रका भेडा पालक कृषकहरू केही समयअघि अछामको गैटाँडा पुगे ।
तर, चरिचरनका लागि लगिएका भेडाहरूमा एक्कासी पखाला लाग्ने, पेट फुल्ने लगायतका समस्या देखिए भने भेडाहरू धमाधम मर्न थाले । अछामको कमलबजार नगरपालिका–६, गैटाडाँमा चरिचरनका लागि गएका एक हजार दुई सय भेडामध्ये ५० वटा भेडाहरू मरे । भेडा पालक कृषक नन्दबहादुर बमका अनुसार दुई सय भेडामा गत एक हप्तादेखि पखाला लाग्ने र पेट फुल्ने समस्या देखा पर्यो, ५० मरिसके । उनले एउटै उपाय निकाले अब प्रदेश सरकारका कृषि मन्त्रीलाई जानकारी दिनुपर्छ । ‘सबै भेडा मर्ने डरले मैलै कृषि मन्त्रीलाई फोन गरेर जानकारी गराएँ,’ उनले भने ।
अर्का कृषक सुशील बमले लिखित निवेदन मार्फत कर्णाली सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्मालाई जानकारी गराए । मन्त्री शर्माले उक्त विषयप्रति चासो दिए । शर्माले तत्काल समस्या समाधानको लागि कर्णाली प्रदेश सकारले औषधी सहितको पशु चिकित्सक टोली गैटाडाँ पठाउने तयारी गरेको बताए ।
भेडामा देखिएको रोगको पहिचानसहित समस्या समाधानका औषधीसहितको टोली अछाम पठाउन मन्त्रालयका सचिव, पशु विकास महाशाखा प्रमुखहरूलाई निर्देशन दिए । सोही अनुसार कर्णालीको टोली सोमबार (आज) गैटाँडा जाँदै छ । ‘भेडा पालक कृषकहरूले फोन गर्ने बित्तिकै सुदूरपश्चिम सरकारको कृषि मन्त्रालयका कृषि सचिवसँग हामीले समन्वय गर्यौँ,’ उनले भने, ‘समन्वय पछि प्रभावित क्षेत्रमा सुदूरपश्चिमबाट पनि पशु चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा जाँदै छ ।’ दुवै प्रदेशका टोली त्यहाँ पुगेर भेडाहरूमा देखिएको समस्या समाधान गरिने प्रदेश सचिव डाक्टर नरहरि प्रसाद घिमिरेले बताए ।
जुम्लाका भेडा पालक कृषक बमले भने, ‘हाम्रो आयस्रोतको एक मात्रै माध्यम भेडा पालन हो, भेडा पालन व्यवसायमा अज्ञात रोगको समस्या देखियो,’ उनले भने, ‘हामीले खबर गरेपछि प्रदेश सरकार हाम्रो समस्याप्रति चिन्तित भयो, खुसी लाग्यो ।’
उनका अनुसार प्रत्येक वर्ष भेडा चराउन अछाम लिने गरेको र अहिलेसम्म यस्तो समस्या कहिल्यै आएको थिएन । मंसिरको महिना चरिचरनको लागि जुम्लाबाट हिँडेका भेडाहरू पुस ६ गते अछाम पुगेका थिए । त्यहाँ पुग्ने बित्तिकै भेडामा समस्या देखिन थालेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन