एनसेल छानबिन समितिले तयार पार्यो प्रतिवेदन, आज प्रधानमन्त्रीलाई बुझाउने तयारी

काठमाडौँ । एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन तयार भएसँगै समितिले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने भएको छ ।
समितिका सदस्य सुजन काफ्लेले प्रतिवेदन तयार भएको र आजै प्रधानमन्त्रीलाई बुझाउने रातोपाटीसँग बताए । उनले प्रधानमन्त्रीको उपत्यका बाहिर जानुपर्ने कार्यक्रम रहेको र सो कार्यक्रमबाट फर्केपछि आज साँझतिर प्रतिवेदन बुझाउने रातोपाटीलाई बताए ।
सरकारलाई जानकारी नै नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । यो समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन पर्ने हो ।
तर, संयोजक टङ्कमणि शर्मा बेलायत पुगेपछि प्रतिवेदन सकिएन । तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि सरकारले थप १५ दिनलाई समय थपेको थियो । सोहीअनुसार आज प्रतिवेदन तयार भएको र प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस