आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पेनाल्टीमा गोलरक्षकको १८औँ प्रहार सफल भएपछि इजिप्टलाई हराउँदै कङ्गो क्वार्टरफाइनलमा

सोमबार, १५ माघ २०८०, १० : २५
सोमबार, १५ माघ २०८०

काठमाडौँ । निकै बलियो प्रतिद्वन्द्वी इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै कङ्गो अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा १८ वटा पेनाल्टी प्रहारपछि मात्र जित–हारको टुङ्गो लागेको थियो ।

इजिप्ट सर्वाधिक सातपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्ने राष्ट्र हो । कङ्गोले भने हालसम्म दुईपटक मात्र यो प्रतियोगिताको उपाधि चुमेको छ । कङ्गोले पछिल्लो पटक सन् १९७४ मा अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । त्यसयता कङ्गो प्रतियोगिताको फाइनल सम्म पनि पुग्न सकेको थिएन ।

निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि जित–हारको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो । निर्धारित समयको खेलमा सुरुआती अग्रता पनि कङ्गोले नै लिएको थियो । कंगोका लागि ३७औँ मिनेटमा मेस्चक एलियाले गोल गरेका थिए ।

तर, पहिलो हाफमै इजिप्टले खेललाई बराबरीमा ल्याएको थियो । पहिलो हाफको इन्जुरी समयमा इजिप्टका लागि मोस्तफा मोहमदले पेनाल्टीमार्फत गोल गरेका थिए । दोस्रो हाफको अन्तिम समयमा इजिप्ट १० खेलाडीमा समेटिएको थियो । इजिप्टका मोहम्मद हमदी सराफ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि पेनाल्टी सुटआउटमा कङ्गोले इजिप्टलाई ८–७ गोलले हरायो । पेनाल्टी सुटआउट पनि निकै प्रतिस्पर्धात्मक थियो । दुवै टोलीले गरेर १८ वटा पेनाल्टी प्रहार गरेका थिए । कंगोको जितमा गोलरक्षक लियोनल एमपासीले गरेको पेनाल्टी प्रहार निर्णायक बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप