काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक कम्पनी ‘ईसेवा’ ले सेवा प्रवाहको १६औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको कम्पनीले डिजिटल्ली नगदरहित (क्यासलेस) कारोबारमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
१५ वर्षे व्यावसायिक दौरानमा कम्पनीको वालेट सेवाग्राहीको संख्या ८१ लाख पुगेको छ भने अप्रत्यक्ष रूपमा करिब दुई करोड जनसंख्याले ईसेवामार्फत डिजिटल पेमेन्ट सेवा लिइरहेका छन् ।
हाल देशभर करिब दुई लाख २० हजारको संख्यामा ईसेवा एजेन्ट छन् भने पछिल्लो तथ्याङ्क अनुसार कुल २३ अर्ब १८ करोड १० लाख बराबरको वालेट ट्रान्जेक्सनमध्ये ईसेवाको मात्र करिब १६ अर्ब रुपैयाँ बराबरको योगदान रहेको कम्पनीको दाबी छ ।
नेपालका सुविधा सम्पन्न सहरी क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सहजता ल्याइरहेको कम्पनीले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरी प्रत्येक नेपाली नागरिकलाई नवीनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना समेत बनाइरहेको ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का बताउँछन् ।
ईसेवाको सेवामा थप परिमार्जन एवं परिस्कृत गर्दै सहर केन्द्रितमात्र नभएर ग्रामीण क्षेत्रका आम उपभोक्ताको पहुँचमा समेत पुर्याउने गरी मोबाइल एपलाई अंग्रेजी र नेपाली दुवै भाषामा उपलब्ध गराउने र आम मानिसको हरेक क्रियाकलापसँग जोड्ने सीईओ खड्काको भनाइ छ ।
कम्पनीले समयसापेक्ष अन्तर्राष्ट्रिय पहुँच तथा क्षेत्र विस्तारका क्रममा क्रस–बोर्डर पेमेन्ट गेट–वे सुविधालाई समेत विस्तार गर्ने तयारी गरिरहेको सीईओ खड्काले रातोपाटीसँग बताए ।
प्रस्तुत छ, ईसेवाका सीईओ खड्कासँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेको कर्पोरेट वार्ता :
सर्वप्रथम हामी हाम्रा सम्पूर्ण ईसेवा प्रयोगकर्ता, सम्पूर्ण मर्चेन्ट, सम्पूर्ण पार्टनर्स र नियामक निकाय सबैलाई धन्यवाद दिन चाहन्छौँ । उहाँहरुकै साथ, समर्थन र मायाका कारण आज हामी यहाँसम्म आइपुगेका हौँ । कम्पनीले सफलतापूर्वक १५ वर्ष पूरा गरेर १६ वर्षमा लाग्दैगर्दा दिएको सेवा, विश्वास आम सेवाग्राहीहरुले देख्नुभएको छ, भोग्नु भएको छ । यसैले पनि हामीले उहाँहरुबाट माया पाइरहेका छौँ भन्ने मलाई लाग्छ ।
हाल हामीसँग ४ लाख जति मर्चेन्ट, २ लाख २० हजारभन्दा बढी एजेन्ट, लगभग ८१ लाख जति प्रयोगकर्ता छन् । जहाँसम्म व्यावसायिक आरोहअवरोहका कुरा छन्, चुनौतीका कुरा छन्, यो स्वाभाविक छन् । यसलाई पनि हामीले अवसरका रुपमा लिएर अघि बढिरहेका छौँ ।
सुरुसुरुमा कम्पनीले डिजिटल प्रयोगलाई कार्यान्वयनमा ल्याउन निकै संघर्ष गर्नुपर्यो । नगदरहित भुक्तानी प्रणालीमा आम प्रयोगकर्ताहरुलाई आश्वस्त गराउन, बुझाउन नै लामो समय खर्च गर्नुपर्यो । यद्यपि, यो प्रक्रिया अहिले पनि जारी नै छ ।
हाम्रोमा अझै सबैको पहुँचमा राम्रो सेलफोन र इन्टरनेटको सुविधा पुगिसकेको अवस्था छैन । यसले पनि डिजिटल पेमेन्टमा चाहेजस्तो, सोचेजस्तो छलाङ मार्न सकिएको छैन ।
सुरु सुरुमा डिजिटल पेमेन्टका लागि नीतिगत व्यवस्था नै थिएन । ‘नो ल’ को अवस्थाबाट डिजिटल पेमेन्ट सिस्टमलाई व्यावसायिक र व्यवस्थित गर्न सरकारसँग, नियामक निकायसँग ठुलो लविङ नै गर्नुपर्यो । नीतिगत व्यवस्था गराउन पहल गरियो । यहाँसम्म आइपुग्दा कहिले रिसोर्सको अभाव भयो होला, कहिले पोलिसीको समस्या भयो होला, कहिले आफैँसँग भएको पूर्वाधारको समस्या भयो होला । यद्यपि, कम्पनीले भुक्तानीको क्षेत्रमा डिजिटल प्रयोगलाई स्थापित नै गरायो भन्दा फरक पर्दैन । पछि यस्ता धेरै डिजिटल पेमेन्टका वालेट आएका छन् । यो देख्दा खुसी लाग्छ ।
निकै सान्दर्भिक प्रश्न गर्नुभयो । डिजिटल फाइनान्सिङ्ग लिट्रेसी (वित्तीय ज्ञान) को अझै हामीमा कमी छ । ‘डिजिटल नेपाल फ्रेम वर्क’ भनेर सरकारले आफ्नो अभिप्राय बनाएर अघि बढिरहेको छ । यसो भनिराख्दा पनि हालसम्म हाम्रोमा १०–१२ प्रतिशत हाराहारीमात्र डिजिटल प्रयोग हुन सकेको छ । ९० प्रतिशत हाराहारी त अहिले पनि हामी अनौपचारिक क्यासमै वित्तीय कारोबार गरिरहेका छौँ । यो हाम्रा लागि चुनौती पनि हो ।
यसलाई डिजिटल माध्यम, सिस्टममा ल्याउन वित्तीय सचेतना नै आवश्यक हुन्छ । अर्को कुरा, अधिकांश ग्रामीण क्षेत्रमा भाषाको समस्या पनि छ । प्रायः सबै प्रविधि अंग्रेजी भाषामा हुने र प्रयोगकर्ताले नबुझ्ने समस्या पनि छ । यसैलाई मध्यनजर गर्दै हामीले पनि अब ईसेवाको प्रयोगलाई नेपाली र अंग्रेजी दुवै भाषामा सेवा उपलब्ध गराउने तयारी गरिरहेका छौँ ।
अर्को, तेस्रो र निकै महत्त्वपूर्ण पक्ष भनेको इन्फ्रास्ट्रक्चरको भूमिका छ । कुनै पनि डिजिटल प्रयोग भन्ने बित्तिकै डिजिटल डिभाइस अनि नेटको कुरा आउँछ । हाम्रोमा अझै सबैको पहुँचमा राम्रो सेलफोन र इन्टरनेटको सुविधा पुगिसकेको अवस्था छैन । यसले पनि डिजिटल पेमेन्टमा चाहेजस्तो, सोचेजस्तो छलाङ मार्न सकिएको छैन ।
एउटै सिस्टममा भएका बैंकहरुसँग वालेटबाट बैंक र बैंकबाट वालेटमा रकम ट्रान्सफर (भुक्तानी) गर्न सकिन्छ । तर इन्टर वालेट कारोबारको सुविधा भने छैन ।
यसमा केही समस्या छन् । त्यो पेमेन्ट गर्ने सिस्टममा हो या प्राप्त गर्ने एजेन्ट बैंकको सिस्टममा कमजोरी भएर हो, समस्या हुने गरेको छ । यसका लागि पेमेन्ट गेटवे एजेन्ट र सम्बन्धित बैंकको सिस्टमलाई एकरुपता गर्न आवश्यक छ ।
कहिलेकाहीँ प्रयोगकर्ताको आफ्नै कमजोरी र गलत नम्बर राख्दा पनि सम्बन्धित खातामा ट्रान्जेक्सन हुँदैन । खातावालाको नाम ठिक छ तर मोबाइल नम्बरको एउटा अंकमात्र गलत भयो भने पनि भुक्तानी अर्कैको खातामा जान्छ । यस्तो अवस्थामा हामीले अहिले सो जानकारी गराएमा सम्बन्धित व्यक्तिलाई सो रकम प्रयोग गर्न रोक्ने गरेका छौँ । तर, उक्त रकम सम्बन्धित खातावालाले नै फिर्ता गर्नुपर्ने हुन्छ । हामीले फिर्ता गर्न अनुरोध गर्ने गरेका छौँ । यसैले यस्तोमा प्रयोगकर्ताहरु नै सचेत र सजग हुनुपर्छ । यसलाई वित्तीय साक्षरताको कमी भन्ने कि प्रयोगको दक्षतामा कमजोरी भन्ने !
आजको दिनमा भुक्तानीको इन्टर ट्रान्जेक्सनको सुविधा छ । एउटै सिस्टममा भएका बैंकहरुसँग वालेटबाट बैंक र बैंकबाट वालेटमा रकम ट्रान्सफर (भुक्तानी) गर्न सकिन्छ । तर इन्टर वालेट कारोबारको सुविधा भने छैन ।
यसलाई यसरी पनि बुझ्नुपर्छ, वालेट सुविधा भनेको सामान्य भुक्तानीको सुविधा हो । यो एउटा खल्तीकै सुविधा हो । तपाईं बजारमा केही किन्न जानुहुन्छ भने तपाईंको खल्तीमा जति नगद बोकेर जानुभएको छ, सोही अनुसार किनमेल र भुक्तानी गर्नुहुन्छ । यस्तै वालेटको प्रयोग पनि खल्तीमा भएको पैसा जसरी नै भुक्तानी गर्नका लागि बैंकसँग लिङ्क गराएर वा पैसा लोड गरेर गरिने भुक्तानीको साधन हो । यसैले यसबाट अर्को कुनै वालेटमा भुक्तानी गर्नका लागि यो अवधारणा आएको होइन । तथापि, पछिल्ला दिन यो सुविधा पनि नआउला भन्न सकिन्न ।
यो ‘पीटूपी’मा हो । प्राप्तकर्तालाई दैनिक १० वटासम्म मात्र भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । तथापि, भुक्तानीकर्तालाई यो बन्देज छैन । फण्ड ट्रान्सफर गर्नेहरुका लागि १० वटा पर्याप्त नै हो । तर, कतिपय कारोबारको क्षेत्रमा भने यो त्यति व्यावहारिक देखिँदैन । जस्तो, पठाओ, टुटल, साना–साना पसल, यस्तै अन्य दैनिक धेरै वित्तीय भुक्तानीका कारोबार गर्ने व्यावसायिक क्षेत्रमा यो व्यावहारिक देखिँदैन । यस्तोमा नियामक निकायले संख्याको हिसाबमा भन्दा पनि परिमाण (ट्रान्जेक्सन) को हिसाबमा हिसाब गर्ने नीति बनाइदियो भने सहज हुन्छ भन्ने लाग्छ ।
क्रस–बोर्डर पेमेन्ट गेटवे सेवा दिन ईसेवा तयार छ, तयारी गरिरहेका छौँ । यो हाम्रा लागि अवसर पनि हो ।
खास ईसेवाको प्रतिस्पर्धी नगद (क्यास) कारोबार नै हो । अझै पनि ८८ प्रतिशतभन्दा बढी वित्तीय कारोबार नगदमै हुने गरेको छ । यसलाई औपचारिक च्यानल (डिजिटल माध्ययम) मा ल्याउनु अहिलेको चुनौती हो । अरु भनेको व्यावसायिक सहयात्री हुन् । यसलाई मान्नुपर्ने हुन्छ । मैले अघि नै भनेँ, पेमेन्ट गेटवेको क्षेत्रमा ईसेवा एक्लैको करिब ७० प्रतिशत हिस्सा छ । संख्यात्मक र गुणात्मक दुवै तवरबाट अझै हामी हाम्रो सेवालाई परिस्कृत गर्दैछौँ ।
क्रस–बोर्डर पेमेन्ट गेटवे सेवा दिन ईसेवा तयार छ, तयारी गरिरहेका छौँ । यो हाम्रा लागि अवसर पनि हो । नेपाली सेवाग्राहीहरु भारत जाने र उताका भारतीयहरु नेपाल घुम्न आउने चलिरहेकै छ । यसक्रममा हुने आर्थिक कारोबारलाई सहज बनाउन क्रस–बोर्डर पेमेन्ट गेटवे सुविधाको भूमिका महत्त्वपूर्ण रहन्छ । यसो गर्दा खर्च गर्न सहज हुनेमात्र नभएर वित्तीय कारोबारमा पारदर्शिता पनि हुन्छ ।
नेपाली नम्बर बोकेको ग्राहकले उता भारत गएर सहजै ईसेवाबाट भुक्तानी गर्न सक्छन् । यसले हाम्रो दायरा पनि विस्तार हुन्छ । भारतसम्म हाम्रो व्यावसायिक दायरा बढ्ने भयो । र, उताबाट आउनेहरुलाई पनि यो सुविधामा आवद्ध गराउन हामी तयार छौँ । यो सुविधा अबको केही महिनाभित्रै उपभोग गर्न पाउनुहुन्छ ।
प्रतिक्रिया