मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि

मुम्बई । रियालिटी शो बिग बोसले १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो ।
अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको टप टू मा मुनव्वर फारुकी र अभिषेक कुमार पुगेका थिए । तर, उपाधिमा फारुकीले बाजी मारे । फारुकी स्ट्यान्ड–अप कमेडियन पनि हुन् ।
कार्यक्रम सञ्चालक सलमान खानले फारुकीको हात उठाउँदै उनको नाम लिए । त्यो क्षण निकै रोमाञ्चक देखिएको थियो ।
फारुकीले शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि पाए । यसका साथै उनले बिग बोस १७ को थीम (दिल, दिमाग र दम) मा आधारित एउटा शानदार ट्रफी तथा एउटा हुन्डाई क्रेटा कार समेत हात परे ।
मुनव्वरले बिग बोसको घर भित्र उत्कृष्ट शैलीमा आफ्नो मन, मस्तिष्क तथा सामर्थ्य लगाएका थिए । उनको प्रारम्भिक यात्रा नै निकै शानदार रहेको थियो ।
यो सिजनको सुरुवात गत १६ अक्टुबरमा भएको थियो । फारुकीले यसअघि लकअप रियालिटी शोका उपाधि समेत जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै
-
१५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान
-
कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- नागरिक सचेत भइसके, अब्बल भएर जिम्मेवारी पूरा गर्नू
-
पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो, तस्बिरहरू
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)
-
सात जना नारीलाई सम्मान गर्दै सकियो ‘महिला चलचित्र महोत्सव’