प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ । अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुने छ ।
दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अङ्क तालिकाको पाँचौँ स्थानमा छ । सुदूरपश्चिम हालसम्म खेलेका ६ खेलमध्ये चारमा विजयी हुँदै आठ अङ्क जोडेको छ । यस्तै आर्मी क्लब अङ्क तालिकाको चौथो स्थानमा छ । आर्मीले हालसम्म सात खेलमा पाँचमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।
यसै गरी गण्डकी प्रदेश अङ्क तालिकाको आठौँ स्थानमा छ । गण्डकीले सात खेलमा दुईमा विजयी हुँदै चार अङ्क बनाएको छ । यस्तै नेपाल पुलिस क्लब हालसम्म खेलेका ६ खेलमै जित हासिल गर्दै १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत चोरी गरेको आरोपमा एआर रहमानलाई २ करोड जरिवाना
-
सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भनेर सोधौँ : धनराज गुरुङ
-
एसीमा कति समय बस्नु सुरक्षित छ?
-
बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माणको तयारीमा छौँ : उद्योगमन्त्री भण्डारी
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात