दुई गोलको अग्रता गुमाउँदै बराबरीमा रोकियो पीएसजी
सोमबार, १५ माघ २०८०, ०६ : ४२

पेरिस । दुई गोलको अग्रता गुमाउँदै साबिक विजेता पेरिस सेन्ट जर्मेन ब्रेस्टसँग बराबरीमा रोकिएको छ । लिग वान अन्तरगतको खेलमा टोली २–२ को बराबरी खेल्न बाध्य बनेको हो ।
मार्को असेन्सियो र रान्डाल कोलो मुआनीको गोलको मद्दतले लुइस एनरिकेको टोलीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा महदी कामारा र म्याथियस परेराले गोल गर्दै ब्रेस्टका लागि एक अङ्क बटुले ।
उता पीएसजीका फरवार्ड ब्राड्ली बारकोलाले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए । बराबरीका बाबजुद टोलीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता कायम राखेको छ । १९ खेलबाट पीएसजीको ४४ अङ्क रहेको छ । शनिबार मेट्जलाई हराएको निस ३८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा