चिनियाँ कम्युनिष्ट पार्टीद्वारा आचरण उल्लङ्घनका १ लाख घटनाको अनुसन्धान
आइतबार, १४ माघ २०८०, २२ : ३७

बेइजिङ । चीनको शीर्ष अनुशासनात्मक निगरानी संस्थाले सन् २०२३ मा पार्टीको आचरण सुधार गर्ने आठ बुँदे निर्णयको उल्लङ्घन भएको आशङ्कामा १ लाख ७ हजार ५४७ घटनाको छानबिन गरिएको आइतबार जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय आयोगको अनुशासन निरीक्षण तथा राष्ट्रिय पर्यवेक्षण आयोगको वेबसाइटका अनुसार यी मामिलाहरूमा संलग्न १ लाख ५३ हजार ६६२ जनालाई कारवाही गरिएको छ ।
गत वर्ष जिम्मेवारी पूरा गर्न नसकेको, कर्तव्य पालना गर्न नचाहने र आर्थिक तथा सामाजिक विकासको सेवा तथा पारिस्थितिकी वातावरणको संरक्षणमा मनमानी वा जालसाजी गर्ने ३९ हजार ७ सय ८१ मुद्दाहरूमाथि अनुसन्धान गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रदेशमा राति पानी पर्ने सम्भावना
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने