अस्ट्रेलियन ओपनको उपाधि चुम्ने सिनर तेस्रो कान्छा खेलाडी

काठमाडौँ । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि इटालियन खेलाडी यानिक सिनरले जितेका छन् । उनले आइतबार मेलबर्नमा खेलिएको पुरुष एकलतर्फको फाइनल खेलमा प्रभावशाली रुसी प्रतिद्वन्द्वी ड्यानिल मेदभेदेवलाई हराउँदै उपाधि चुमेका हुन् ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । खेलको प्रारम्भमा २२ वर्षीय सिनरले दुई सेटले पछाडि परेका थिए । पहिलो सेट ३–६ र दोस्रो सेट पनि ३–६ अंकले गुमाएका सिनरले त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेका थिए ।
पछिल्ला तीन सेटको नतिजालाई सिनरले क्रमशः ६–४, ६–४, ६–३ ले आफ्नो पक्षमा पारेका थिए । २७ वर्षीय मेदभेदेव तेस्रो र सिनर चौथो वरीयतामा आसिन खेलाडी हुन् । सिनरले पहिलो पटक कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुमेका हुन् ।
सन् १९८८ पछि सिनर अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फको उपाधि चुम्ने तेस्रो कान्छा खेलाडी पनि बनेका छन् । सोही वर्षदेखि अस्ट्रेलियन मेलबर्न पार्कमा खेलाउन थालिएको हो । त्यो समययता सबैभन्दा कम उमेरमा अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फको उपाधि जित्ने खेलाडी भने नोभाक जोकोभिच हुन् । यो सूचिमा दोस्रो स्थानमा जिम क्विरियर छन् । जोकोभिचले सन् २००८ र जिमले सन् १९९२ मा उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा