धिरज र उपासनाको ‘खुस्मा’ को छायांकन मनाङबाट सुरु
काठमाडौँ । फिल्म ‘खुस्मा’को छायांकन सुरु भएको छ । हिमाली जिल्ला मनाङबाट फिल्मको छायांकन सुरु भएको हो । हिउँका दृश्यहरू फिल्मका लागि महत्त्वपूर्ण भएका कारण फिल्मको छायांकन मनाङबाट गरिएको हो । धिरज मगर र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहने फिल्मका निर्देशक अशोक थापा मगर हुन् । केही डकुमेन्ट्री निर्देशन गरेका मगरको यो निर्देशनमा डेब्यु फिल्म हो ।
मनाङमा १० दिन सुटिङपछि फिल्म युनिट पूर्वी रुकुम पुग्नेछ । ॐ एम मिडिया प्रालि प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।
‘खुस्मा’ मा एसडी योगीको सङ्गीत, दीपक बज्राचार्यको छायांकन छ । फिल्ममा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्कबहादुर पुन (खबपु) र अरुण मगरको समेत अभिनय रहनेछ । प्रेमकथामा बन्न लागेको फिल्म ‘खुस्मा’ काफिया फिल्मस्ले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतमणिको ‘अब हाँस्छ अनि नाच्छ' शो क्यानडामा
-
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
खेम सेन्चुरीलाई शिव परियारको सुझाव : अरू जस्तो बन्ने प्रयास नगर्नु
-
क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू
-
रित्तो गाग्री लिएर सिंहदरबार जाने हर्क राईको घोषणापछि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
-
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु