बारामा १०२ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ
आइतबार, १४ माघ २०८०, १७ : ३६

वीरगन्ज । मधेश प्रदेश प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले बाराको बरियापुरबाट सुवर्ण गाउँपालिका ७ निवासी सुन फुलुवा बस्ने उमेशकुमार यादवलाई पक्राउ गरेको हो ।
ब्राउन सुगरजस्तो देखिने १०२ ग्राम लागु औषधसहित उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार सिमरातर्फ जाँदै गरेको बा ९४ प ६११४ नम्बरको मोटरसाइकल जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको हो ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता पक्ष नेता भन्छन्– राजनीतिक दल विभाजनसम्बन्धी विधेयक दल फुटाउने उद्देश्यले ल्याउन लागेको होइन
-
वुमन भ्वाइसेस : शक्ति, पहिचान र रूपान्तरण
-
चीनको सुरक्षा चासो र एक चीन नीतिमा कांगेस नेताहरूको प्रतिबद्धता
-
तयार भयो बजेट क्यालेण्डर : करिब १९ खर्बको बजेट लेखिँदै
-
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
-
ठुला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको हो : अध्यक्ष लिङ्देन