बिहारमा नवौँ पटक मुख्यमन्त्री बने नीतिश कुमार

नयाँ दिल्ली । नीतिश कुमार एक पटक पुनः बिहारका मुख्यमन्त्री बनेका छन् ।
बिहारमा जारी राजनीतिक उथलपुथलबिच आइतबार नीतिशले नवौँ पटक बिहारको मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । योसँगै बिहारमा १७ महिना पुरानो महागठबन्धनको सरकारको अन्त्य भएको छ ।
आइतबार बिहानै उनले राज्यपाललाई भेटेर मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । राजीनामा लगत्तै नीतिश एनडीए विधायक दलको बैठकमा सामेल भएका थिए । यहीबाट उनी नेता चुनिएका थिए । यसपछि नीतिश फेरि राज्यपाल कहाँ गएर नयाँ सरकार बनाउने दाबी गरे ।
साँझ ५ बजे नीतिश फेरि बिहारको मुख्य मन्त्री बने । नीतिश कुमार आफैँले इन्डिया ब्लक बनाएका थिए । नीतिशको पछिल्लो कमदले उक्त ब्लकलाई ठूलो झट्का लागेको छ ।
नीतिश कुमारको जनता दल यूनाइटेडले भारतीय जनता पार्टीसँग मिलेर सरकार बनाएको हो । शपथ ग्रह समारोहमा बीजेपीका अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलासका) नेता चिराग पासवानसमेतका बीजेपीका कयौँ नेताहरुको उपस्थिति रहेको थियो । चिरागले सन् २०२० यता नीतिश कुमारविरुद्ध बयान दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ