प्रदीप एक्लैले ६ विकेट लिएपछि लुम्बिनीलाई मधेसले हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइबार खेलिएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशमाथि नौ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
जारी प्रतियोगितामा नर्वौ खेल खेलेको मधेस प्रदेशको यो छैटौँ जित हो । तीन खेलमा मधेस प्रदेश पराजित भएको छ । सातौँ खेल खेलेको लुम्बिनी प्रदेशको भने यो छैटौँ हार हो । एक खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले ४१.३ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने ४०.५ ओभरमा अलआउट हुनुअघि एक सय ६० रनमात्र बनाउन सक्यो । खराब मौसमका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल ४२–४२ ओभरमा खेलाइएको थियो ।
लुम्बिनी प्रदेशका लागि प्रज्ज्वल थापाले ६२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । प्रज्ज्वलले ७९ बलको सामना गरी तीन छक्का र चार चौका हिर्काएका थिए । अभिषेक गौतमले पनि २६ रन बनाएका थिए ।
दिलसाद अलीले २२ र ओपनर मृनाल गुरुङले २१ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेस प्रदेशका बलर प्रदीप पासवान एक्लैले ६ विकेट लिए । उनले नौ ओभरमा ३० रन खर्चिएका थिए । अभिषेक तिवारीले दुई तथा हरिशंकर शाह र रुपेश सिंहले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि मधेस प्रदेशका लागि अरनिको यादवले सर्वाधिक ३८ रन बनाएका थिए । उनले ५० बलमा तीन चौका पनि हिर्काए । अभिषेक तिवारीले २६ रन जोडे । उनले २८ बलमा चार चौका पनि प्रहार गरेका थिए ।
पवन सर्राफले पनि २६ रन बनाए । उनले ४८ बलमा एक छक्का र तीन चौका हिर्काए । मयान यादवले २२ रन बटुले । ओपनर अनिल शाह १६ रन बनाउँदै पेभेलियन फर्किए । प्रदीप पासवानले पनि टोलीको खातामा १० रन थपेका थिए ।
मधेस प्रदेशले अतिरिक्त रुपमा १८ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर वीर मगर एक्लैले चार विकेट लिए । उनले ८.३ ओभरमा ३४ रन खर्चिएका थिए । अभिषेक गौतमले पनि तीन विकेट हात पारे । उनले नौ ओभरमा ३७ रन खर्चिए । कृष्ण कार्की, मोहम्मद हुसैन र निर्मल गुरुङले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा