बालेनले महानगर शिक्षा शाखा प्रमुखलाई सोधे स्पष्टीकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्र आफ्नो सफाइ पेश गर्ने मौका दिएका हुन् ।
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो ।
उजुरीपछि महानगरले गरेको अनुगमनको क्रममा कक्षा ११ को कक्षा सञ्चालन गरेको पाइएको थियो । महानगर शिक्षा समितिले अनुमति नै नदिएको विषयमा शिक्षा शाखा प्रमुखले कसरी अनुमति दिएको भन्दै एक साताभित्र आफ्नो सफाइ पेश गर्न भनिएको स्वकीय सचिव शाहले बताए ।
रत्नराज्य स्कुलमा विज्ञान विषयको ‘प्लस टु’ चलाउन अनुमति पत्र दिएका थिए । नगर शिक्षा समितिको निर्णयअनुसार अनुमति दिइएको भनिएको थियो । तर, समितिले यो विषयमा कुनै निर्णय नगरेको तर, शिक्षा प्रमुखले अनुमति दिएको पाइएपछि सफाइ पेश गर्ने मौका दिइएको उनको भनाइ छ । कोइरालाले अनुमति दिएपछि रत्नराज्यले प्लस टु मा २२ जना विद्यार्थी भर्ना गरेर अध्यापन गराउन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह