डिफेण्डिङ च्याम्पियन संकटालाई हराएर आर्मी सेमिफाइनलमा
पोखरा । डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई हराएर त्रिभुवन आर्मी क्लब पोखरामा जारी २३ औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलामा आर्मीले संकटालाई ३–० गोलअन्तरले हराएको हो ।
पहिलो हाफमा १–० ले पछि परेको संकटा दोस्रो हाफमा थप २ गोल खाँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । आर्मीका लागि दिनेश हेन्जनले र जिलेस्पी जंग कार्कीले १ गोल गरे । पहिलो हाफको इन्जुरी समयमा कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुआती तेस्रो मिनेटमै आर्मीले पेनाल्टीमार्फत अर्को गोल गर्यो । दिनेशको प्रहारलाई क्लियर गर्ने क्रममा संकटाका गोल रक्षक कुल्पि कार्कीले ह्याण्ड गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई दिनेशले सदुपयोग गरे ।
७६ औँ मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । खेल अवधिभर संकटाले केही अवसर पाएपनि गोल गर्न चुक्यो । आर्मीले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र चर्च ब्वाइजबिच हुने खेलको विजेतासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित