मोनालिसाको पेन्टिङमा सुप प्रहार
आइतबार, १४ माघ २०८०, १७ : ००

पेरिस । विश्वचर्चित मोनालिसाको पेन्टिङमा प्रदर्शनकारीले सुप प्रहार गरेका छन् । यद्यपि पेन्टिङलाई बुलेटप्रुफ सिसाभित्र राखिएकाले कुनै क्षति भने हुन पाएन । १६ औँ शताब्दीमा लियोनार्दो दा भिन्चीले बनाएको उक्त पेन्टिङलाई फ्रान्सको लुभ्र सङ्ग्रहालयमा राखिएको छ ।
भिडियोमा ‘स्वस्थ खानेकुरा’ को माग गर्दै दुई प्रदर्शनकारीले विरोध गरिरहेको देखिएको छ । यसअघि पनि तस्बिरलाई क्षति पुर्याउने प्रयास भएपछि सन् १९५० देखि नै त्यसलाई सिसाभित्र सुरक्षित राखिएको छ ।
त्यतिबेला एक व्यक्तिले तस्बिरमा एसिड प्रहार गरेका थिए । सन् २०१९ मा सङ्ग्रहालयले अलि स्पष्ट देखिने बुलेटफ्रुफ सिसा राखेको थियो । सन् २०२२ मा पनि एक अभियन्ताले पेन्टिङमा केक प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी