नागरिकता प्रकरणमा पाण्डेयको खण्डन : तीन वटा नागरिकता लिएको स्वीकार

काठमाडौँ । रातोपाटी डटकममा गत शुक्रवार प्रकाशित ‘संसदका प्रस्तावित महासचिव पाण्डेयको ३ नागरिकता, २ राहदानी’ शीर्षकको समाचारप्रति असहमति जनाउँदै पद्मप्रसाद पाण्डेयले आइतबार खण्डन पठाएका छन् । गृह मन्त्रालयले तयार पारी संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको लिखित विवरण (प्रतिवेदन)का आधारमा रातोपाटीले समाचार सम्प्रेषण गरेको थियो ।
रातोपाटीलाई उनले पठाएको खण्डनमा तीन वटा नागरिकता लिएको विषय भने स्वीकारेका छन् । ‘मेरो नागरिकता हराएको कारण सोको प्रतिलिपि लिने क्रममा जन्म मिति फरक परेको र पछि हराएको नागरिकता फेला परेको कारण प्रतिलिपिसमेत निवेदन साथ आफैँ उपस्थिति भई दुवै नागरिकताको प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय पाल्पामा बुझाएको हुँ’, उनले रातोपाटीलाई पठाएको खण्डनमा भनिएको छ, ‘नेपाल सरकारको सम्बन्धित निकायले आवश्यक छानबिन गरी मेरो दुवै नागरिकताको प्रति आफैँ राखी मलाई तेस्रो नागरिकता प्रदान गरेको हो भने राहदानी सम्बन्धित निकायमा मैले फिर्ता बुझाएको हुँ ।’
तर कानुन बमाेजिमको प्रक्रिया पूरा गरी निराकरण भइसकेको विषयलाई फरक अर्थ गर्नेगरी समाचार प्रकाशित गरिएको खण्डनमा जिकिर गरिएको छ ।
प्रेस काउन्सिल नेपाललाई बोधार्थ दिई पाण्डेयले पठाएको खण्डन यस प्रकार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान