सिरिया संकट : कति छन् नेपाली, उनीहरुको सुरक्षामा के गर्दैछ नेपाल सरकार ?
काठमाडौं -द्वन्द्वग्रस्त मुलुक सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सले शनिवार विहान हमलागरेपछि गैरकानुनी रुपमा त्यहाँ नेपालीहरुको अबस्थावारे र उनीहरुको सुरक्षालाई लिएर चासो शुरु भएको छ ।
कति नेपाली छन् ? सरकारसँग यसको हिसाव छैन, किनभने सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ ।
तर, मानवतस्करहरुले ठूलो घनरासी कमाईको प्रलोभन देखाएर केही नेपाली सिरिया पुर्याको पाइएको छ ।
यो सख्याँ करिव पाँच सयको हाराहारीमा रहेको अनुमान गरिएको छ ।
यसमा धेरैजसो यूवती छन् । तर, सख्याँ चाहिँ यकिन छैन ।
द्वन्द्वग्रस्त क्षेत्रमा समेत नेपाली युवती घरायसी काममा कार्यरत रहेको बताइएको छ ।
उनीहरू नेपालमा सम्पर्कसमेत गर्न नसक्ने बन्दीको हालतमा रहेको रिपोर्ट केही समय अगाडि एक दैनिक पत्रिकामा प्रकाशित भएको थियो ।
सरियामा नेपालीहरूको औपचारिक सम्पर्कसूत्र छैन ।
त्यसैले उनीहरुको खोजीकार्य गा्रहो हुने गरेको छ ।
इजिप्टस्थित नेपाली दूतावासले सिरियामा रहेको नेपालीहरुको अबस्थावारे बुझ्ने कोशिष गरेको छ ।
सिरियामा नेपाली दूतावास चाहिँ छैन ।
सिरियाको गुटा क्षेत्रनजिक पनि नेपालीहरू रहेको अनुमान छ, जहाँ हिंसा तीव्र रूपमा जारी छ ।
मानव तस्करहरूले नेपाली युवतीलाई दिल्ली, मुम्बई, दुबई, थाइल्यान्ड, मलेसिया, सिंगापुर हुँदै सिरिया पुर्याउने गरेको जनाइएको छ ।
कतिपयलाई भने दुबई पुर्याएर त्यहाँबाट गाडीमा विभिन्न स्थान हँुदै सिरिया पुर्याइएको जानकारी दूतावासलाई दिइएको छ ।
रातोपाटीसँग कुरा गर्दै परराष्ट मन्त्रालयका प्रवत्ता भरतराज पौड्यालले भने -
-हामीले घट्नाक्रमलाई नजिकबाट नियालिरहेका छौँ । अहिलेसम्म त्यो प्रक्रियामा संलग्न मुलुकहरुले भनेअनुसार हमला चाँही खास खास ठाउँहरुमा मात्र केन्द्रित छ, जहाँ सिभिलियन टार्गेटमा परेका छैनन् । त्यसो हुनाले हामीले घट्नाक्रमलाई नजिकबाट हेरिराखेको अवस्था छ ।
-दोस्रो कुरा त्यो सिरियासमेत हेर्ने नियोेग कायरोमा छ । त्यो कायरोमा रहेको नियोगलाई चाहिँ घट्नाक्रमलाई नजिकबाट बुझेर हाम्रा मान्छेहरुको स्थितिवारे बुझ्न भनेका छौँ । त्यहाँ कोही छन् भने उनीहरुसँगको सम्ँपर्कमा रहनुहोला भन्ने एड्भाईस गरेका छौँ ।
-नेपाली कतिछन् भन्ने अभिलेख हामीसँग छैन ।
सिरिया कामदार अनुमति लिएर जान पाउने डेस्टिनेशन हैन । कोही गएका छन भने तिनीहरु अवैधानिक र सरकारी अनुमति प्रक्रिया पुरा नगरी गएका हुन् । त्यसको अभिलेख उनीहरुले नै दिएमा हुन्छ । अन्यथा सरकारसँग हुँदैन् ।
इजिप्टस्थित नेपाली दूतावासले केही समय अगाडि पछिल्लो समय सिरिया, लेबनानलगायत मुुलुक पुर्याएर घरमालिक वा कसैसँग विवाह गराउने र नेपालमा सम्पर्कसमेत गर्न नदिने, पारिश्रमिकसमेत नदिई शोषण गरिएको सूचना पाएको बताएको थियो ।
केही समय अगाडि इजिप्टस्थित नेपाली दूतावासमा सिरियामा सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भएको सूचना आएको थियो । मृत्युको कारण अझै खुल्न सकेको छैन ।
यसबाहेक ८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरियामै मृत्युको सूचना पनि दूतावासमा आएको थियो ।
आठ बर्षदेखि चलेको सिरियाली संकटमा झन्डै चारलाख मानिसको ज्यान गएको छ । दुई करोड भन्दा बढी विस्थापित छन् ।
यो तनावमा अन्तराष्ट्रिय शक्ति राष्ट्रपति जोडिएका छन् । अमेरिका, फ्रान्स र ब्रिटेनले सिरियाली चरमपन्थीको समर्थन गरेका छन भने रुसले सिरियाली सरकारको पक्षमा काम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का