फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा, केपी ओलीलाई प्रधानमन्त्रीको ‘रोल’

काठमाडौँ । फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ । आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने भएका छन् । उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’ रोल निर्वाह गर्ने बताइएको छ । यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि ओली देखिएका थिए ।
फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । जुन फिल्म अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन् । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । उनले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ । फिल्म निर्माणका लागि वीरगन्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता