उत्तर कोरियाद्वारा क्रुज मिसाइल प्रहार
आइतबार, १४ माघ २०८०, १३ : ३८

सोल । उत्तर कोरियाले आफ्नो पूर्वीय तटबाट कयौँ क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । पछिल्ला महिनाहरूमा उत्तर कोरियाले कयौँ पटक मिसाइल परीक्षण गरेको छ जसले कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।
आइतबार सिनपो बन्दरगाह नजिकैबाट मिसाइल प्रहार गरिएको थियो । कति वटा र कस्ता प्रकारका मिसाइल प्रहार गरिए भन्ने खुल्न सकेको छैन । गत बुधबार मात्र उत्तर कोरियाले फुलवासाल–३–३१ नामक क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जानकारी दिएको थियो ।
उत्तर कोरियाली नेता किम जोङ उन पछिल्लो समय आफ्नो नीतिमा आक्रामक बन्दै गएका छन् । उनले शान्ति लक्षित विभिन्न सहमतिहरू तोडेका छन् भने सैन्य गतिविधिहरू बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा