मैयादेवी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट : बागमतीले कर्णाली प्रदेशलाई हरायो
काठमाडौँ । भरतपुरमा जारी मैयादेबी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले निर्धारित १५ ओभरमा सात विकेट गुमाएर ८२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने १३ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
बागमती प्रदेशको जितमा कप्तान सोनी पाख्रिनले अविजित २८ रनको योगदान गरिन् । उनले ३० बलमा दुई चौका पनि हिर्काइन् । ओपनर सबिका यादबले १४ रन बनाइन् । अर्की ओपनर एलिषा खड्का ६ रन बनाउँदै आउट भइन् ।
विपिसा शाहीले पनि टोलीको खातामा अविजित तीन रन थपिन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि ३२ रन पाएको थियो । कर्णाली प्रदेशकी बलर अञ्जिला थापाले एक विकेट लिइन् । बागमतीकी एक ब्याट्र भने रन आउट भएकी थिइन् ।
त्यसअघि कर्णाली प्रदेशका लागि कप्तान किरण कुँवरले १७ रन बनाएकी थिइन् । अर्की ओपनर तृषणा विश्वकर्माले पनि २२ रन जोडेकी थिइन् । कर्णाली प्रदेशका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि ३० रन पाएको थियो । कर्णालीका कुनै पनि ब्याट्रले बनाएको भन्दा यो बढी रन हो । बागमती प्रदेशका बलर पुजा साउद एक्लैले तीन विकेट लिइन् । करिष्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने
-
मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?
-
रुसले गर्यो युक्रेनको ऊर्जा सञ्जालमा प्रहार, १० लाखभन्दा बढी युक्रेनी जनता अन्धकारमा
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज