सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुरसहित थप दुई जनाविरुद्ध डिफ्युजन नोटिस
काठमाडौँ । पोखरास्थित सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । यसअघि संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।
बाग्लुङ्ग घर भएका थानबहादुर बुढामगर सहकारीको वर्तमान अध्यक्ष हुन् । ओखलढुङ्गाका भूपेन्द्र राई पूर्व अध्यक्ष हुन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल’ मार्फत उनीहरुविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
जीबी राईसहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । पूर्व सदस्य शिवबहादुर गुरुङविरुद्ध डिफ्युजन जारी भएको छैन ।
अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबीविरुद्ध नोटिस जारी गरिएको हो । नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि उनीहरूलाई इन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’