विनोद र बसिरको उत्कृष्ट ब्याटिङसँग आर्मीले कर्णालीलाई दियो २८० रनको लक्ष्य

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइबारको खेलमा कर्णाली प्रदेशलाई जितका लागि दुई सय ८० रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ७९ रन बनाएको हो ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान विनोद भण्डारी र सातौँ नम्बरका ब्याट्सम्यान बसिर अहमदको उत्कृष्ट ब्याटिङसँगै आर्मी क्लबले कर्णाली प्रदेशलाई विशाल लक्ष्य दिएको हो । विनोद र बसिर अहमदले एक सय ६९ रनको साझेदारी गरे ।
कप्तान भण्डारीले शतकीय पाली खेले । विनोदले अविजित एक सय रन बनाए । उनले एक सय ३२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । उनले अन्तिम ओभरको अन्तिम बलमा शतक पुरा गरेका थिए ।
यसैगरी बसिर अहमदले पनि टोलीका लागि उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ९८ रन बनाए । केवल दुई रनका कारण शतक पुरा गर्नबाट चुकेका बसिर अहमदले ९२ बलको सामना गरी एक छक्का र १२ वटा चौका हिर्काएका थिए ।
भीम सार्कीले पनि २५ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान भीमले ३५ बलमा तीन चौका पनि हिर्काए । ओपनर सन्तोष कार्की भने ११ रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर इमरान शेख पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् ।
विवेक यादव ६ रन बनाउँदै आउट भए । कुशल मल्लले टोलीको खातामा २१ रन थपे । उनले १८ बलमा दुई छक्का पनि हिर्काए । आर्मी क्लबले अतिरिक्त रूपमा पनि १३ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दीपेन्द्र रावतले दुई तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह
-
पोखरामा केपी ओली कप क्रिकेट हुने, विजेतालाई १० लाख
-
राजावादीहरूको हिंसात्मक आन्दोलनको विरोधमा नेविसंघको प्रदर्शन