टेलर स्वीफ्टको डिपफेक फोटोले बबाल
वाशिङटन डीसी । अमेरिकी गायिका टेलर स्वीफ्टको डिपफेक फोटोले यति बेला अमेरिका तरङ्गित बनेको छ । कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर बनाइएका स्वीफ्टको पोर्नोग्राफिक तस्बिरले गएको साता विश्वभर हङ्गामा मच्चायो । ती नक्कली तस्बिरहरू एक्स र टेलिग्राम समेतका सामाजिक सञ्जालमा पोस्ट भएका थिए ।
अमेरिकी सांसदहरूले डिपफेक प्रयोग गरेर तस्बिर बनाउनुलाई अपराधिकीकरण गर्न नयाँ कानुन ल्याउन माग गरिरहेका छन् । यति बेला अमेरिकामा डीपफेक प्रविधिले स्टारको छविलाई कसरी नष्ट गर्छ र यसबाट सृजित चुनौतीको सम्बोधन कसरी गर्ने भन्ने बहस छेडिएको छ ।
एउटा विज्ञप्तिमा एक्सले स्वीफ्टका अश्लील तस्बिरहरू धमाधम हटाइरहेको र यस्ता तस्बिर फैलाउने एकाउन्ट विरुद्ध उपर्युक्त कारबाही गरिरहेको बताएको थियो । स्वीफ्टको एउटा फोटो हटाउनु अघि ४ करोड ७० लाख पटक हेरिएको थियो । एक्सले टेलर स्वीफ्टसमेत केही नाम सर्चमा गएर खोज्न नमिल्ने बनाएको छ ।
डेली मेलका अनुसार टेलरको तस्बिर डीपफेक पोर्न साइट ‘सेलेब जिहाद’ नामक वेबसाइटले बनाएको थियो । यसले ए–लिस्टर सेलिब्रेटीका झुटा फोटो शेयर गर्ने गरेको छ । यो तस्बिरलाई सो वेबसाइटले जनवरी २५ मा ‘टेलर स्वीफ्ट चीफ्स सेक्स स्क्यान्डल कच्ड अन क्यामेरा’ हेडलाइनसहित शेयर गरेको थियो । टेलरका यस्ता फोटोहरू देखेर उनका फ्यान क्रुद्ध भएका छन् ।
पछिल्लो पटक विश्वभर डीपफेकको प्रयोग ह्वात्तै बढेको छ । गएको वर्ष भएको एउटा अध्ययनमा डीपफेकको प्रयोग सन् २०१९ यता ५५० प्रतिशतले बढेको देखाएको थियो । अमेरिकामा डीपफेक तस्बिर बटाउने वा शेयर गर्ने कार्य रोक्न कुनै सङ्घीय कानुन छैन । बेलायतले भने सन् २०२३ मा अनलाइन सुरक्षा ऐन अन्तर्गत यस्तो कार्यलाई गैर कानुनी बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय समिति बैठकपछि पहिलो पटक माओवादीको पदाधिकारी बैठक बस्दै
-
माघ महिनाका लागि ७ बैंकले गरे ब्याजदर समायोजन, कुन बैंकमा कति पाइन्छ ?
-
भारतको विदेशी मुद्रा सञ्चिति ५.६९ अर्ब अमेरिकी डलरले घट्यो
-
च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको १५ सदस्यीय टोली घोषणा
-
लस एन्जलिस आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, २७० अर्ब अमेरिकी डलर बराबर आर्थिक क्षति
-
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति