बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण
बुटवल । बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरूको सङ्ख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो।
बुटवल उपमहानगरपालिकाको आयोजनामा वडा नं १५ नवरत्न मावि नजिकैको भवनमा ३ दिने अभियान सुरु भएको हो। अभियानका क्रममा बुटवलभित्रका सडकका कुकुरहरूको बन्ध्याकरणले कुकुरको सङ्ख्या वृद्धि रोकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र मणि खनालले बताए। उनले कुकुर पाल्नेहरूले सार्वजनिक स्थलमा दिसा पिसाब गराउनेलाई कारबाही गर्ने जानकारी दिए।
बुटवलमा सबैतिरबाट सहज पहुँच भएकाले बुटवलमा छाडा चौपाया र कुकुरहरूको सङ्ख्या बढ्दै गएकाले यसलाई रोक्नका लागि तयारी थालिएको उनले बताए। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले बुटवलका १९ वटै वडाका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिने बताए। बन्ध्याकरणपछि बुटवलमा सामुदायिक कुकुरहरूको सङ्ख्या वृद्धि रोकिने उनले बताए।
पशुपक्षी विकास शाखाका प्रमुख झविन्द्र बन्जाडेले ३ दिनसम्म चल्ने कार्यक्रममा बुटवलका सबै वडाहरूबाट कुकुर सङ्कलन गरी तीनको बन्ध्याकरण गरिने बताए।
यस पटक वडा नम्बर १५ मा सुरु भएको अभियानमा बुटवलका सबै क्षेत्रका कुकुरहरू लगेर बन्ध्याकरण गर्ने उनले बताए। हरेक वर्ष बुटवल उपमहानगरपालिकाले सामुदायिक कुकुरहरूको सङ्ख्या वृद्धि हुन नदिन बन्ध्याकरण र रेबिज रोग फैलिन नदिन रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालियो, तस्बिरमा हेर्नुहोस्
-
यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित
-
मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन, प्रमुख निर्वाचन आयुक्तसहित प्रहरीका एसएसपी अनुगमनमा
-
कुमारी बैंक लिमिटेड र भिजन कार्टबिच सम्झौता
-
विवाहपञ्चमी महोत्सव र गढीमाई मेलालाई व्यवस्थित बनाइने
-
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित