समुदायमा कांग्रेस अभियान : कुन प्रदेशमा कुन नेता खटिए ?

काठमाडौँ । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान कार्यक्रम अन्तर्गत नेताहरूलाई विभिन्न प्रदेश र जिल्लाको जिम्मेवारी दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माघ १६ गतेदेखि सुरु हुने उक्त अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिइसकेको कांग्रेसले जनाएको छ ।
अभियानलाई थप प्रभावकारी बनाउन कांग्रेसले फरक–फरक जिल्लामा फरक–फरक समुदायको बिचमा पुग्न र संवाद गर्न नेताहरूलाई खटाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
टोलीमा केन्द्रीय नेतृत्वसँगै प्रदेशले तोकेका पदाधिकारीहरू पनि सरिक रहनेछन् । तोकिएका जिल्लाहरूमा भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफलहरूको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्ने कांग्रेसले जनाएको छ ।
अभियानमा खटिएको टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने छ
कोशी प्रदेश :
१) डा.शेखर कोइराला– झापा र सुनसरी
२) डा.नारायण खड्का– सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
३) बलबहादुर के.सी.– मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुर ।
मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला :
१) प्रकाशमान सिंह– मधेसको महोत्तरी, सिराहा, सप्तरी र धनुषा तथा बागमतीको सिन्धुली र मकवानपुर ।
२) महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही तथा बागमतीको धादिङ र चितवन
बागमती प्रदेश
१) डा.मिनेन्द्र रिजाल– काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।
२) पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा
गण्डकी प्रदेश
१) महेन्द्र यादव– तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
२) प्रदीप पौडेल– कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ
लुम्बिनी प्रदेश
१) विमलेन्द्र निधि– रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
२) डा.डिला सङ्ग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी
कर्णाली प्रदेश :
१) डा.शशाङ्क कोइराला – दैलेख, सल्यान र सुर्खेत
सुदूरपश्चिम प्रदेश :
१) भीष्मराज आङ्देम्बे– कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रतिको बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै
-
‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो