आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
न्युरोडमा रोकेर धरहरामा निःशुल्क पार्किङ सुरु (तस्बिरहरू)

न्युरोडमा रोकेर धरहरामा निःशुल्क पार्किङ सुरु (तस्बिरहरू)

आइतबार, १४ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु भएको हो । 

काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले  धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए । 

५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध गराइएको छ । संरचनागत रूपमा, यो ठाउँ नेपालकै ठुलो पार्किङ संरचना हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया