छोराछोरीले बेवास्ता गरेपछि ३७ करोड रुपैयाँको सम्पत्ति घरपालुवा जनावरलाई
चीन । चीनमा एक जना वृद्धाले २ करोड युआन (३७ करोड नेपाली रुपैयाँ) बराबरको आफ्नो सम्पत्ति घरपालुवा जनावरलाई दिएकी छिन् । आफूलाई गाह्रो साह्रो पर्दा छोराछोरी कहिले साथमा नभएको अनि वृद्धाको तर्क छ ।
केही वर्ष अघि वृद्धाले आफ्नो इच्छापत्र (विल) बनाउँदा सम्पत्ति तीन सन्तानलाई बाँडिदिएकी थिइन् । तर अहिले भने वृद्धाले ईच्छापत्रमा हेरफेर गरेकी छिन् । आफ्ना सन्तानले आफूलाई बेवास्ता गरेको उनको भनाई छ । आफू बिरामी हुँदा छोराछोरी भेट्न नआएको, हेरचाह नगरेको अनि के कस्तो छ भने सोधखोज समेत नगरेको उनी बताउँछिन् । मृत्युपछि आफ्नो सारा सम्पत्ति आफूले घरमा पालेको कुकुर र बिरालाका हेरचाह र स्याहार सुसारका लागि दिने निर्णय महिलाले गरेकी छिन् ।
दुःखको कुरा चिनियाँ कानुनले सम्पत्ति सिधै घरपालुवा जनावरको नाममा गर्न बन्देज लगाएको छ । एक जना वकिलसँग परामर्श गरेर महिलाले आफ्नो सम्पत्तिको रेखदेखकर्ताका रूपमा एक जना भेटनरी डाक्टरलाई नियुक्त गरेकी छिन् । यो खबर चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धेरैजसो निटिजन्सहरुले महिलाप्रति सहानुभूति व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेतबारीमा अग्नि नियन्त्रण रेखा बनाउन आग्रह
-
अध्यादेशबारे एमाले-माओवादीको सवालजवाफ, साना दलका गुनासै गुनासा
-
मोर्चा बनाउनका लागि दस्ताबेजको ड्राफ्ट तयार गर्ने मधेस केन्द्रित आठ दलको निष्कर्ष
-
सरकारका तर्फबाट प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेस
-
सञ्चार मन्त्रालयले दोस्रो सय दिनमा गरेका काम सार्वजनिक
-
नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो